कैलालीको अत्तरियामा अहिले नक्कली ठेली प्रकरण चर्चामा रहेको छ ।
पुष २६ देखि माघ ७ गते सम्म संचालन मा आएको अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली ठेली प्रयोग गरेर आर्थिक अनियमितता गरेको भन्दै आयोजक अत्तरिया उधोग बाणिज्य संघले दुई जनाको नाममा किटानी जाहेरी प्रहरी समक्ष दिएको छ ।
संस्थाकै सचिब दिलिप कुमार साउँद "दिपिन" र भुबन महरा विरुद्ध किटानी परेको छ । महरा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति हुन । उनकै नेतृत्वमा महोत्सव को टिकट काटने काम भएको थियो ।
जाहेरी संघका अध्यक्ष कल्याण सिँ बोहराले दिएका हुन । संस्थागत कार्यमा नक्कली ठेली प्रयोग भएको प्रमाणित हुँदा पनि नैतिक रूपमा नेतृत्वले जिम्मा लिएको छैन । झन्डै २८ बढी नक्कली ठेली संघले नै प्रहरीलाई बुझाइसकेको छ ।
संघका अध्यक्ष कल्याण सिँ बोहरा अत्तरिया कै स्थापित ब्यबसायी हुन । उनी निर्बाचन जितेर अध्यक्ष बनेका हुन । यो घटना को बारेमा उनी जानकार छन् भन्ने आम बुझाई रहेको छ ।
यद्यपि उनी यो कुरा अगाडि बढाउने पक्षमा छैनन् । किटानी जाहेरी दिन पनि उनी अन्तिम समयमा तयार भएका थिए । तर त्यो किटानी दिएपछि पनि उनी दबाब मै छन् । अझै पनि उनी के गर्ने भन्ने कुरा कार्य समिति भित्र छलफल गर्नु को साटो बाहिर नै छलफल गर्छन् जसको कारण उनी दबाबमा रहिरह्न्छन ।
मंगलबार किटानी जाहेरी दिएपछि फेरि बुधबार अर्को किटानी दिने मुडमा कसरी पुगे बोहरा ? यद्यपि दोस्रो किटानी दर्ता भएको छैन । उनी अहिले पनि पार्टीका नेताहरू को दबाबमा छन् । संस्थागत भ्रष्टाचार छानबिन गर्नु उनको अहिले प्रमुख प्राथमिकता होइन ।
अहिलेलाई यो मुद्दालाई रोकेर जाने मुडमा उनी छन् । संघ का महासचिव शंकर खड्कालाई उनले दबाब मै राखेर अहिले को मुद्दा फिर्ता लिएर संघ भित्र को बिबाद मिलाउन चाहेका छन् । तर खड्का भने अध्यक्ष को कुरा मान्ने पक्षमा छैनन् ।
अध्यक्ष बोहराले ब्यबसायीहरु को बिश्वास गुमाईसकेका छन् । राजनीतिक रूपमा उनले आस्था राख्ने पार्टी नेपाली कांग्रेसका अधिकांश नेताहरूले उनको बिश्वास गर्दैनन् ।
अत्तरियाका ब्यबसायीहरु को बुझाईमा बिगतका महोत्सवमा पनि आर्थिक घोटाला हुने गरेको थियो तर त्यो कुरा सार्बजनिक भने भएको थिएन ।
बोहराले संघ भित्र अध्यक्ष हुनु अघि एक कार्यकाल बरिस्ठ उपाध्यक्ष भएर काम गरिसकेका थिए । तर त्यो बेलाको यस्ता घटना को थोर बहुत उनी जानकार नै छन् ।
तर यो पटक घटना बाहिर आइसक्दा पनि अहिलेको नेतृत्वमा रहेका कसैले अझ मुल नेतृत्वले नैतिकता देखाउन सकेका छैनन् वा चाहेका छैनन् ।