कैलालीको अत्तरिया महोत्सवमा भएको नक्कली ठेली प्रकरणमा प्रहरीले छानबिन लगभग सकाएको छ ।
केही दिन यता निरन्तर अत्तरिया उधोग बाणिज्य संघका पदाधिकारी र टिकट काट्ने टिम संग प्रहरी ले सोधपुछ गरिरहेको छ ।
आइतबार आज पुरै कार्य समिति देखि कार्यालयका कर्मचारी सम्म सबैलाई सोधपुछ को लागि प्रहरीले बोलाएको थियो ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई न्यारो गर्दै लगेको छ । प्रहरी स्रोत का अनुसार यो घटनामा को को संगलग्न थिए भन्ने लगभग टुंगिएको छ ।
संघलाई किटानी जाहेरी दिन पनि प्रहरी ले भनिसकेको छ । तर किटानी दिन मुल नेतृत्व तयार नहुंदा लम्बिएको छ ।
प्रहरी अब यो केस मा ब्याक हुने पक्षमा छैन किटानी नआए सबैलाई भित्र राखेर पनि प्रहरी ले अनुसन्धान गर्ने संघलाई जानकारी दिएको छ ।
यद्यपि संघको सिंगो कार्यसमिति दिनभर जिल्ला प्रहरी कार्यालय कैलालीमा बिहानै देखी रहेको थियो ।
नक्कली प्रकरणमा संघ भित्र कै पदाधिकारी को मिलोमतो रहेको प्रहरी को निष्कर्ष रहेको छ । यद्यपि संघ भित्रका केही पदाधिकारी ले सत्यतथ्य पत्ता लाउन आफुहरु भित्र बस्न तयार रहेको प्रहरी समक्ष बयान दिएका छन् ।
महोत्सवमा संघ कै पदाधिकारीले नक्कली ठेली बरामद गरेका थिए । ती नक्कली ठेली प्रहरीलाई बुझाइसकिएको छ ।