शनिबार गोदावरी को पुरानो बजार हाल को वडा नम्बर ११ मा सुदुरपशिम प्रदेश सरकारका भौतिक पुर्बाधार मन्त्री प्रकाश देउबा पुगे ।
सम्भबत उनी पहिलो पटक यहाँ पुगेका हुन । गोदावरी १०,११ र १२ का वडा अध्यक्ष रबिन्द्र शाही, प्रेम बडैला र भिम खड्का को निमन्त्रणामा एउटा खेल प्रतियोगिता को उदघाटन गर्न उनी यहाँ आइपुगेका थिए ।
उनले बोल्नु भन्दा पहिला नै गोदावरीका नगरप्रमुख बिरेन्द्र भट्ट , वडा नम्बर १२ का वडा अध्यक्ष भिम खड्का ले वडा नम्बर १०,११ र १२ का वडाका समस्या को बारेमा जानकारी गराए ।
त्यसपछि बोल्ने पालो थियो मन्त्री देउबाको तर उनले आफ्नो छोटो लिखित मन्तव्य राखे । देउवाले मन्तव्यमा खेलुकुद को मात्रै कुरा गरे अन्य बिकास आयोजना को कुरै गरेनन् ।
चौकीडांडा फल्टुडे सडक चाहियो
अहिले मुख्य गरि गोदावरी १० ,११ र १२ का जनताको मुख्य माग भनेको यहि सडक निर्माण नै हो । यो सडक बने यहाँ का जनताको जीवन स्तर मा परिबर्तन आउने वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्का ले बताए ।
"अत्तरियाबाट गौडी आउन ९ किलोमीटर मात्रै हो तर बाटोको कारण एक घन्टा लाग्छ । चौकीडांडा फल्टुडे सडक सरकारले प्रदेश को गौरब को आयोजना को रूपमा राखेको छ । तर बजेट हालेको छैन । बिगतका बर्षमा आएको बजेट पनि ठेकेदार को लापरबाही ले काम हुन सकेको छैन । यो बाटो को भबिस्य के हुन्छ भन्नेमा हामी र यहाँका जनता पनि चिन्तित छन् ," खड्का ले भने । उक्त बाटो को ट्र्याक भने पुरै खुलिसकेको छ ।
अध्यक्ष खड्का ले वडा नम्बर १२ मा रहेको पर्यटकीय क्षेत्र नाइलताल सम्न जोड्ने बाटो मात्रै बनाउन सके आन्तरिक पर्यटन बढने बताए । उनले भने -"४ जिल्ला जोडने नायल क्षेत्र जाने अहिले बाटो त्यति राम्रो छैन तर अहिले पनि दैनिक एक सय गाडी आवतजावत गर्ने गरेका छन् । त्यसैले यो क्षेत्र को बिकास को लागि चौकीडांडा फल्टुडे सडक जुन भिमदत्त राजमार्ग भन्दा २८ किलोमिटर छोटो छ ।यहि सडक बनाउन तिर सबैले ध्यान दिनुपर्यो ।"
यस्तै उनले वडा नम्बर ११ र १२ मा बग्ने दुई नदिहरुले पनि दु:ख दिने गरेको बताए । त्यसको लागि प्रभाबकारी तटबन्ध को ब्यबस्था गर्नुपर्ने मा उनले जोड दिए ।