कैलालीको अत्तरियामा जारी प्रादेशिक महोत्सव सप्पन्न भएको छ । पुस २६ गते देखि शुरु भएको महोत्सव आज आइतबार सकिएको हो । आयोजक संस्था अत्तरिया उधोग बाणिज्य संघ का अध्यक्ष कल्याण सिँ बोहरा को अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए ।
कार्यक्रममा कैलाली उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष पुष्कर ओझा, संघका संस्थापक अध्यक्ष वसन्त रोकाया, देबिदल गण का गणपतीका रबि केसी , क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय का प्रमुख , होटेल ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष धना चोखाल , गोदावरी होटेल ब्यवसायी संघका अध्यक्ष लक्ष्मण धामी,निबर्तमान अध्यक्ष अशोक राज देबकोटा , विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि , वडाका सदस्य , राजनीतिक दलका प्रतिनिधि , बिभिन संघ संस्थाका प्रतिनिधि, संघका सल्लाहकार लगाएत को सहभागीता रहेको थियो । संघ ले सन्चालन गरेको ८ औं संस्करण को महोत्सव सफल भएको संघ को दाबी छ ।
अत्तरिया पुर्बरोडमा रहेको लामिताल परिसरमा सन्चालन भएको महोत्सवमा रमाइलो मेला, बाल उधान , थारु गाउँ , डुंगा को ब्यबस्था र कलाकारहरु को प्रस्तुति रहेको थियो । महोत्सव संचालन अबधी भर सहयोग गर्ने सबैलाई संघका अध्यक्ष बोहराले धन्यवाद दिए ।
महोत्सबमा गम्भिर प्रश्न उठ्यो : रोकाया
संघ का संस्थापक अध्यक्ष बसन्त रोकायाले जारी महोत्सव को नक्कली ठेली प्रकरण को सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन् । महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै उनले भने महोत्सव को ८ औं संस्करणमा पुग्दा गम्भीर प्रश्न खडा भएको छ ।
'नक्कली ठेली के हो ? सत्य तथ्य बाहिर ल्याउनु पर्दछ । यो कुराले म अत्यन्तै मर्माहत बनेको छु , दुखी भएको छ। कसैले धमिलो पानीमा माछा मार्न खोजेका हुन कि के हो ? यो कुरो कार्य समितिले बाहिर ल्याउनु पर्दछ। यदि सत्य कुरा बाहिर ल्याउन रोक्न छेक्न खोजियो भने दु:खद घटना हुने छ,' रोकायाले भने ।
उनले २०७१ सालमा यस क्षेत्रमा ब्यबसायी को हक हितमा आवाज उठाउने उदेश्यले संघ को स्थापना गरिएको बताए । उनले संघ को भबन निर्माण अधुरो रहेकाले अब पूरा हुने बिश्वास ब्यक्त गरे।