कैलालीको अत्तरिया उधोग बाणिज्य संघ ले आयोजना गरेको प्रादेशिक महोत्सवमा नक्कली टिकट को ठेली भेटिएपछि यसका बारेमा टिकाटिप्प्णी शुरु भएको छ ।
सामाजिक सन्जालमा पनि चर्चा परिचर्चा शुरु भएको छ । आयोजक संस्थाले नक्कली टिकट भेटिएको दाबी गरेको छ भने छानबिन गर्ने समेत जनाएको छ ।
संस्थाका संस्थापक अध्यक्ष बसन्त रोकाया ललित ले पनि सामाजिक सन्जाल फेसबुक मा लामो स्ट्याटस लेख्दै यसलाई चिर हरण को संज्ञा दिएका छन् । उनले लेखेका छन् -
"चिरहरण भयको दिन"
अत्तरिया उधोग बाण्जि संघ को आयोजना मा संचालित प्रादेशिक मोहोत्सब २०८०मा नक्कली टिकट का ठेली फेला परेको खबरले अत्यान्त दु:खी र चिन्तीत बनायको छ।
"म यस संस्थाको संस्थापक भयको ले"
यस्ता निच हर्कतको घोर निन्दा र भर्सना गर्द छु।
आफुले जन्म दियका संन्तानको प्रगति र उन्नतिमा सबै भन्दा बढी खुसी आमा बुवा नै हुन्छन्।र संन्तानको असफलता मा सबै भन्दा दुःखी पनि आमा बुवा नै हुन्छन्।
आफ्नो स्थापना कालको छोटो समयमा नै यस संस्थाले आफ्नो गरिमा शिखर मा पुगायो।राष्ट्रिय,अन्तराष्ट्रिय पहिचान बनाउन सफल भयको कुरा तपाई हरु माझ जगजाहेर छ।
म संस्था स्थानाकाल का सम्पुर्ण कार्यसमिति का साथि हरु सहयोग गर्ने उधोगी,ब्यापारी,बुध्दिीजिबी समाजसेबि ,राजनितिक दल,पत्रकार सबै लाई सम्झीन चाहे।
संस्थाको हितका लागी रात दिन न भनि एक कप चिया सम्म नखाई एक कप चिया लाई पनि गाईको रगत जस्तो मानी संस्थाको हितमा लाग्ने साथि हरु।
संस्थाको भबन निर्माण गर्दा पौष महिनाको राति १ बजे सम्म खटिने साथिहरु सम्झीए।
"त्यसैले आजको दिन संस्थाको चिरहरण भयको दिनका रुप मा मैले बुझेमैले निरह भयर टुलुटुलु हेरि रहन सक्ने छैन"
आसा छ कार्यसमिति का साथि हरुले यथासिघ्र दोसी पत्ता लगाई सत्य तथ्य बाहिर ल्याउनु हुने छ ।