कैलालीको गोदावरी नगरपालिका को भबन पुनः उदघाटन हुने भएपछि यहाँ को राजनीति तातेको छ ।
गोदावरीमा मेयर नेपाली कांग्रेस बाट निर्बाचित छन् भने उपमेयर एमालेबाट निर्बाचित छन् । मेयर बिरेन्द्र भट्ट ले बिहिवार भोलि गोदावरी - २ तेघरी मा रहेको नगरपालिका को भबन उदघाटन गर्ने भएका छन् ।
यसको लागि सरोकार वाला सबैलाई नगरपालिकाले पत्र समेत पठाएको छ । एशियाली बिकास बैंक एडिबी को सहयोगमा शहरी बिकास आयोजना ले उक्त भबन बनाएको हो ।
तत्कालीन एमालेबाट निर्बाचित मेयर हरि सिँ साउद ले उदघाटन गरिसकेको भबन फेरि उदघाटन हुने भएपछि नेकपा एमाले क्रुद्ध बनेको छ । एमाले गोदावरी नगर कमिटीले पत्रकार सम्मेलन गरेर पुनः उदघाटन गर्ने कार्य तत्काल रोकेर एमाले संग बार्ता गर्न आग्रह गरेको छ ।
नगरपालिकाका निबर्तमान मेयर हरि सि साउँदले त्यो बेला भबन बनाउँदा कुनै चासो नराख्ने काँग्रेस ले अहिले आफ्नै पार्टीबाट निर्बाचित मेयरबाट पुनः उदघाटन गराउन गराउँदा लोकतन्त्र को उपहास भएको बताए ।
उनले अगाडि भने - "सबै विधि प्रक्रिया पुर्याएर भबन उदघाटन गरिएको हो , एडिबी उनीहरुको प्रतिनिधि सबैलाई सोधेर गरिएको हो । बरु त्यो बेला काँग्रेस कै केही नेताहरुले उदघाटन रोक्न प्रदेश देखि केन्द्र सम्म लबिङ गरे । तर भबन बनिसकेको थियो खाली पर्खाल को काम मात्रै बांकी थियो । अब अहिले फेरि पुनः उदघाटन गर्ने भन्ने सुनिएको छ , यो राम्रो होइन । "
नगरपालिका कि उपमेयर शारदा देबी रोकायाले उदघाटन भैसकेको भबन पुन: उदघाटन नगर्न धेरै पटक अनुरोध गरिएको बताइन् ।
उनले पुनः उदघाटन गर्ने कुरामा स्वयं कांग्रेस भित्र का नेताहरू समेत सन्तुष्ट नरहेको दाबी गरिन ।उनले आफुहरु पुनः उदघाटन गर्ने भनिएको कार्यक्रममा सहभागी नहुने समेत बताइन् ।