नेकपा( एमाले) ले कैलालीको गोदावरी नगरपालिका को भबन पुनः उदघाटन गर्ने कार्य तत्काल रोक्न माग गरेको छ । बुधबार नगर पार्टी कार्यालय अत्तरिया बनखेतमा पत्रकार सम्मेलन गर्दै एमाले नेताहरुले उक्त कार्यको बिरोध गर्ने जनाएका हुन । साथै उनिहरुले पुनः उदघाटन गर्ने कार्य तत्काल रोकेर एमाले संग बार्ता गर्न माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रिय सदस्य सन्तोष शर्माले उदघाटन भैसकेको भबन पुनः उदघाटन गर्नु गैर राजनीतिक चरित्र हुने बताइन् । उनले यसको नजिर पनि गलत बस्ने र दुरगामी प्रभाव पार्ने बताइन् ।
उनले भनिन्,' एउटा सरकार को पालामा उदघाटन हुने अर्को सरकार आएपछि भत्काउने गर्दै जाने हो भने भोलीका दिनमा के के हुन्छ । यसको पनि हिसाबकिताब राख्नु पर्ला।'
एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले नगरपालिका को भबन पुनः उदघाटन को कार्य नाटक मात्रै भएको बताए । उनले बिकासका अन्य धेरै कार्य गर्नुको साटो अहिलेका नगरप्रमुखले पुनः उदघाटन को नाटक मन्चन गरेको दाबी गरे । उनले भोलि हुने नगरपालिका भबन उदघाटन को कार्य तत्काल रोकेर एमाले संग बार्तामा बस्न आग्रह गरे ।
यस्तै नगरपालिकाका निबर्तमान नगरप्रमुख हरि सिँ साउँदले नगरपालिका को भबन उदघाटन त्यो बेला विधि पुर्बक एडिबी कै प्रतिनिधि को सर सल्लाहमा गरिएको दाबी गरे । उनले भवन पुनः उदघाटन गर्ने कुरा राजनीतिक संस्कार भन्दा बाहिर को भएको जिकिर गरे । उनले लोकतन्त्र को सामान्य अभ्यास भन्दा बाहिर गएर एउटा जनप्रतिनिधि को पालामा भएको भबन पुनः उदघाटन गर्छु भन्नू लोकतान्त्रिक नभएको तर्क गरे ।
नगरपालिकाकि उपप्रमुख शारदा देबी रोकायाले नगरपालिका को भबन पुनः उदघाटन नगर्न नगरप्रमुखलाई पटक पटक ध्यानाकर्षण गराएको तर त्यसको बेवास्ता गरिएको बताइन् । उनले भोलि पुनः भबन उदघाटन गरे आफुहरुको सहभागीता नहुने बताइन् । यसैबिच एमाले गोदावरीले एक प्रेस बिज्ञपति समेत जारी गरेको छ ।
नगर अध्यक्ष सन्तोष सिंह ले पुनः उदघाटन गर्ने कार्यले मुडभेड को अवस्था निम्त्याएको बताएका छन् । उनले जबर्जस्ति भबन को उदघाटन गरिए त्यसपछि आउने परिणाम को जिम्मेवारी स्वयं मेयरले लिनुपर्ने चेतावनी समेत दिए ।
एमाले गोदावरीले बिज्ञपति मार्फत पुनः उदघाटन गरिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।
यस्तो छ बिज्ञपति :
तत्कालीन नगरप्रमुख हरि सिँ साउँदले २०७८ चैत्र १४ गते अधुरो भबन उदघाटन गरेको भन्दै अहिलेका नगरप्रमुख बिरेन्द्र भट्ट ले पुनः भोलि उदघाटन गर्ने भएका छन् । त्यसको लागि नगरपालिका ले सबै तिर पत्राचार समेत गरिसकेको छ । मंगलबार मात्रै एडिबीले भबन निर्माण सकिएको भन्दै नगरपालिकालाई भवन हस्तान्तरण गरेको थियो । अहिले उदघाटन गर्दा तत्कालीन नगरप्रमुखले उदघाटन गरेको बोर्ड भने नहटाइने नगरपालिका स्रोतले बताएको छ । एमाले बाट निर्बाचित जनप्रतिनिधिहरुले पनि पुनः भबन उदघाटन गर्ने कार्यको केही दिन अधि बिरोध गरेका थिए । उनिहरुले नगरपालिका को १०५ औँ बैठक झुक्याएर बोलाएर पुनः उदघाटन गर्ने निर्णय गरेको आरोप लगाएका छन् । एडिबीले १३ करोड ४६ लाख १ हजार ४३ मा उक्त भबन को निर्माण गरेको थियो ।