कैलालीको अत्तरियामा प्रादेशिक महोत्सव को आठौं संस्करण जारी छ । महोत्सव अन्तर्गत मंगलबार नेपाली सिने क्षेत्रका चर्चित अभिनेता पुर्ण बिक्रम शाह 'पल शाह' को प्रस्तुति भयो ।
अत्तरिया महोत्सवमा अहिलेसम्म को दर्शक को सहभागीता उल्लेख्य नै रह्यो । महोत्सव को अहिलेसम्म को रेकर्ड ब्रेक नै भयो । आयोजक संस्था अत्तरिया नगर उद्योग बाणिज्य संघ ले आज को दर्शक को उपस्थिति र टिकट बिक्रिको हिसाबकिताब भोलि मात्रै सार्वजनिक गर्ने भनेको छ ।
आज अबेरसम्म आयोजक संस्थाका पदाधिकारी महोत्सव कै काममा ब्य्स्त रहेकाले हिसाबकिताब सार्बजनिक गर्न नसकिएको संस्थाका बरिस्ठ उपाध्यक्ष दल बहादुर खड्का ले बताए । तर संस्था ले अहिलेसम्म को सबै भन्दा राम्रो कमाई गरेको अनुमान गरिएको छ ।
शुरुमा अभिनेता पल शाह लाई बोलाउने बिषयमा कार्य समिति भित्र दुई धार थियो । पल शाह महँगो कलाकार हुने भएकाले संघ का अध्यक्ष कल्याण सिं बोहरा र कलाकार समिति का संयोजक रमेश भट्टराई त्यती सकारात्मक थिएनन् ।
उनिहरु को तर्क थियो पल शाह ले तीन लाख प्लस पारिश्रमिक लिन्छन् त्यो पैसा उठेन भने डुबिन्छ भन्ने उनिहरु को बुजाई थियो । तर कार्य समिति कै सदस्य पल नजिक रहेका ज्ञानेन्द्र खड्का ले पल लाई जसरी पनि बोलाउनु पर्छ भन्ने लबिङ गरे ।
यसमा बरिस्ठ उपाध्यक्ष दल बहादुर खड्का , महासचिव शंकर खड्का ले साथ दिए । अन्य कलाकार को टुंगो लाग्दा सम्म पल शाह को टुंगो थिएन ।
कार्य समिति को ह्ररेक बैठक मा ज्ञानेन्द्र को माग थियो पल लाई बोलाऔं संस्था को आर्थिक आयमा राम्रै हुन्छ । उनी ढुक्क पनि थिए । उनले कार्य समिति यति सम्म भने छन्,' पल आउँदा घाटा भए त्यसको व्ययबार मैले झेल्छु । तर पनि कार्य समिति ढुक्क रहेन ।'
आज को महोत्सवमा पल हेर्न उनका शुभ चिन्तक बिहानै देखि महोत्सव स्थल लामिताल परिसर आउन थाले । महोत्सव स्थल दिउँसो २ बजे सम्म भरिभराउ भयो । आयोजक ले टिकट बितरण सम्म गर्न हम्मेहम्मे भयो । अभिनेता पल शाहलाई आयोजक र सुरक्षा कर्मीले स्टेज सम्म पुर्याउन निकै मिहिनेत गर्नु पर्यो । अन्ततः पल शाह स्टेज मा पुगे उनका हजारौं शुभचिन्तकहरुले उनलाइ हेरि नै रहे । उनको प्रस्त्तुतीले थप मनोरंजन लिए ।
पल लाई बोलाउन जोड गर्ने आयोजक संस्थाका सदस्य ज्ञानेन्द्र खड्का ले भने,' पल शाह को क्रेज नै थियो , मैले धेरै पटक हाम्रा साथीहरूलाई बुझाउन खोजे संस्था कै हित मा हुन्छ भने तर आज को परिणाम यहाँ सबैलाई थाहा नै छ । राम्रै भएको छ संस्था को हित मै छ , हिजो र आज को महोत्सव को कमाई ले संस्थागत हित मा राम्रै होला ।'
खड्का ले आफ्नो दुखेसो नि पोखे ,' म र मेरा साथीहरू ले दु:ख गरेर अभिनेता पल शाहलाई बोलायौ तर कार्यक्रम समापन हुँदा मन्च नै हाइजेक गरेछन् । हाम्रो नियमित बैठकले हरेक दिन मंचमा कलाकार को स्वागत कसले गर्मे निर्णय अघिल्लो दिन नै गर्ने गर्दछ । आज कोषाध्यक्ष हेम भन्डारी र मेरो पालो थियो तर समापन मा पल शाह र उधोघोषिका मन्जु पौडेल जि को बिदाई मा हामिलाई सहभागी गराइएन । तर पनि गुनासो छैन हाम्रो लागि सिकाई हो । हाम्रो उधेश्य संस्था बनाउने नै हो ।'
महोत्सव मा पल शाह का अतिरिक्त गायिका एलिना चौहान , देउडा गायक भुबन दाहालले पनि आ आफ्नो प्रस्तुति गरेका थिए । महोत्सवमा चर्चित उदघोषिका मन्जु पौडेलले उदघोषण गरेकी थिएन ।