कैलाली क्षेत्र -४ का संघिय सांसद वीर बहादुर बलायरले सुदुरपश्चिमको राजधानी जसरी पनि बनाउनु पर्ने बताएका छन । कैलालीको अत्तरियामा बिहीवार आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै उनले संघियता कार्यान्वयन गर्ने हो भने यँहाको राजधानी बन्नु पर्नेमा जोड दिए ।
'कि त संघियता खारेज गरौ, होइन भने सुदुरपश्चिमलाई राजधानी बन्न दिनुपर्यो,' बलायरले भने,' मैले मात्रै होइन अन्य प्रदेशका सांसदले पनि सुदुरपश्चिममा राजधानी बन्नु पर्ने भन्दै छन । मैले त संसदमा बोलिनै रहेको छ ।' बलायरले राजधानी कार्यान्वयनको लागी कम्तीमा प्रदेश प्रमुखको निवास, सभामुखको कार्यालय वा निवास यँहा हुनुपर्ने जिकिर गरे ।
उनले गेटा विश्वबिधालयका बारेमा आफुलाई बिबादमा तानिएको प्रती असन्तुष्टी जनाए ।
'मलाई बिबादमा तानिएको छ । जे मनमा लाग्यो त्यो सामाजिक सन्जालमा लेखिएको छ । गेटा विश्वबिधालयको बारेमा एउटा कुरा मैले भनेकै हो त्यँहा विश्वबिधालय स्थापनाको लागी पूर्बाधार बन्नु पर्यो त्यसै विश्वबिधालय चाहियो भनेर हुँदैन,' बलायरले भने,' डडेल्धुरा जाने हो भने अत्तरिया, गोदावरी, गैरा, भएर जानै पर्दछ एकैचोटी डडेल्धुरा पुगिदैन । अहिले पनि बिधेयक को तयारी छ, हामी दबाब दिइनै रहेका छौ । हावाको भरमा आक्षेप लाउन पाइँदैन्, म बहस गर्न तयार छु । स्वास्थय र शिक्षाको अहिले पनि कसको मातहतमा राख्ने हो तानातान छ । विश्वबिधालय बनाउनको लागी पूर्बाधार तयार हुनु पर्यो त्यसपछि मात्रै विश्वबिधालय बन्ने हो ।'
उनले अत्तरियामा सेना लिएको जग्गाको बारेमा पनि आफु निरन्तर छलफल मै रहेको दाबी गरे । उनले नेपाली सेनाले यँहाका जनता र जनप्रतिनिधीका आवाज सुनेर जग्गाको निर्णय लिने अपेक्षा गरे ।