अत्तरिया – कैलालीको गोदावरीमा प्रथम इन्डो – नेपाल कराँते प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ राष्ट्रिय गोजुरियो कराँते दो संघ गोदावरी कैलालीको आयोजनामा तथा गोदावरी नगरपालिकाको सहयोगमा कार्तिक २२ र २३ गते प्रतियोगीता हुन लागेको बुधबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय गोजुरियो कराँते दो संघ कैलालीका अध्यक्ष धनन्जय कठायतले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सहगोग पु¥याउने उद्देश्यले प्रतियोगीताको आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगीतामा नेपाल र भारतका गरी ५ सय जना महिला तथा पुरुष खेलाडीको सहभागीता रहने बताए ।
‘खेलकुदका माद्यमबाट राष्ट्रप्रति जिम्मेबारी बोध गराउँदै राष्ट्रिय एकताको भावना सिर्जना गर्ने र सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।’ राष्ट्रिय गोजुरियो कराँते दो संघ कैलालीका अध्यक्ष कठायतले भने – ‘प्रतियोगीताले सुदूरपश्चिम प्रदेशको कराँते र कराँतेका खेलाडीहरुको स्तरवृद्धि गरी व्यवसायीकरण गर्ने लक्ष राखेको छ ।’
पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले प्रतियोगीताले गोदावरी क्षेत्रको पहिचान बढाउन महत्तपुर्ण भुमिका खेल्ने बताए । उनले खेलकुदको बिकासका लागि गोदावरी नगरपालिका सदैभ तत्पर रहेको बताउँदै बिगतका दिनमा पनि गोदावरी नगरपालिकाले बिभिन्न प्रतियोगीताहरुमा सहयोग गर्दै आएको बताए ।
राष्ट्रिय गोजुरियो कराँते दो संघका केन्द्रिय कोषध्यक्ष नरेन्द्र ओलीले गोदावरी नगरपालिकामा हुन लागेको अन्तराष्ट्रिय स्तरको प्रतियोगीताले यस क्षेत्रको प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने बताए ।
खेल संयोजक कुवेर खड्काले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले प्रतियोगीता संचालनका लागि १५ लाख खर्च हुने अनुमान रहेको बताए ।
गोदावरी नगरपालिका ३ मा रहेको नवज्योती आधारभुत बिद्यालयमा २ दिन सम्म संचालन हुने प्रतियोगीतामा १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
संघले प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको अन्तराष्ट्रिय प्रतियोगिता यस बर्ष गोदावरी नगरपालिकामा हुने लागेकाले प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न खेलप्रमी , बिभिन्न संघ सस्था , व्यपारी बुद्धिजिवी , सामाजसेवी लगायत सम्पुर्णलाई सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ ।