अत्तरिया - नेकपा एमालेकी उम्मेदवार साबित्रा घिमिरेले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन् ।
एमाले कैलालीकी संस्थापक नेता मध्यकी घिमिरेलाई यो पटक पार्टी हेडक्वाटरले उम्मेदवार बनाउने निर्णय गरेको हो । घिमिरे परिवारको एमालेमा ठुलो बिरासत नै रहेको छ । २०४७-४८ साल तिर एमालेका तत्कालीन महासचिव मदन भन्डारी लगाएतको घिमिरे को घरमा आवतजावत हुने गर्दथ्यो ।
घिमिरे परिवार २०३३ तिर पुर्ब बाट बसाइँसराइ को क्रममा यहाँ आएको हो । २०३६ - ३७ तिर तत्कालीन श्रीपुर गाबिसमा घिमिरे परिवार को बसाई थियो । त्यही बेला बहुदल निर्दल को बहस चलिरहेको बेला घरमा मदन भन्डारीका भाईले छोडेर गएका पुस्तक अध्यन गर्न शुरु गरेपछि राजनीतिक चेतना आएको साबित्रा को भनाई छ ।
तत्कालीन एमालेकि अगुवा नेत्री गौरा प्रसाईं को संगतले राजनीतिमा लाग्ने प्रेरणा मिलेको उनले बताइन् । साबित्रा २०४६ साल बैशाख मा अखिल नेपाल महिला संघ अत्तरिया ईलाकामा संगठित भैइन् । त्यसपछि जिल्ला कमिटी उपाध्यक्ष हुँदै पार्टी को जिल्ला कमिटी सदस्य भएर काम गरिन ।
महिला संघ कैलालीको अध्यक्ष भएर ७ बर्ष र जिल्ला कमिटी मा १२ बर्ष सम्म सम्म उनले काम गरिन् । त्यसपछि अखिल नेपाल महिला संघ को केन्द्रिय सदस्य हुँदै पार्टी को प्रदेश कमिटी सदस्य समेत भएर काम गरेको अनुभव घिमिरे संग रहेको छ ।
घिमिरे पार्टीको लाभको पदमा भने अहिले सम्म परेकी छैनन । घिमिरेले २०७४ को निर्बाचन उपमेयर पदको दाबी गरेकी थिइन् । यदपी त्यो बेला पनि उनले टिकट भने पाइनन् ।
२०७४ अनी २०७९ को निर्बाचनमा समानुपातिक भएपनी पार्टीले सांसद बनाउँछ कि भन्ने झिनो आशा थियो तर पार्टीले भने पत्याएन । भर्करै सम्पन्न नेकपा एमालेको प्रदेश अधिबेशनमा घिमिरे पालिकाबाट नै प्रतिनिधी बन्न बाट बन्चित भईन । यो पटक टिकट पाउँदा उनी खुशी भएकी छन् । पार्टीले कम्तीमा बिर्सेंकी रहेन छ भन्ने उनको बुझाई रहेको छ ।
उनले भनिन् -" मैले लबिङ त कहिले कतै गरिन ।पछिल्लो पटक प्रदेश अधिबेशन यता खासै सकृय पनि थिएन । नेताहरू संग भेटमा पार्टीको सल्लाहकार सम्म समेटन भन्ने गरेको थियो तर त्यो पनि भएन । प्रदेश कमिटीको साथीहरूले यो पटक तपाईंलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँछौ भने तर मैले सल्लाह गर्छु केही दिन समय दिन भनेको थिए । तर पछि घरमा मात्रै सल्लाह गरे पार्टीले दिएको जिम्मेवारी बहन गर्ने निर्णय मा पुगे । "
उनले पार्टीले सम्झ्यो त्यसमा नै खुशी रहेको बताइन् । "
जित्नलाई मात्रै होइन कहिलेकाही हार्न को लागि पनि लडनु पर्छ राजनीतिमा चुनाव लडने पार्टी लाई अप्ठ्यारो मा काँध थाप्न को लागि पनि हो भनेर म निर्बाचन मा होमिएकी छु । आशा छ सबैले मलाई मतदान गर्नु हुनेछ ,"साबित्रा ले भनिन् ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन हुँदै छ ।
कानुनी व्यवस्थाअनुरूप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ ।