अत्तरिया- कैलालीको गोदावरी मा नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा जनज्योती महिला विकास बहुउद्देशिय सहकारी संस्थाद्वारा १० दिने चिया नास्ता तालिम सम्पन्न भएको छ ।
२० जना महिलाले व्यवसायिक तालिम लिएका छन् । सहभागीहरुलाई संस्थाको तर्फबाट २५ हजार बराबरको खाना नास्ता पकाउने सामग्री ग्यास चुलो, कडाइ, डाडु पन्यु, मम , चाउमिन, चाट, आदी पकाउने भाडाकंडा सहित अन्य सामग्री समेत वितरण गरिएको छ ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नगरपालिका का नगरप्रमुख बिरेन्द्र भट्ट थिए ।
सहभागीहरुलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले भने- "संघसंस्थाहरु मिलेर नगरले नागरिकमुखी कार्य गरिरहेको छ । यस पालिका भित्र रहेका जनताकलाई शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा पनि हामीले विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरिरहेका छौ ।नगरका महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यमा संघसंस्थाहरुको भुमिका अझ महत्वपुर्ण बनेको छ । यस्ता कार्यमा पालिका को साथ रहने छ । "
नगरप्रमुख भट्ट ले सहकारीहरुकै कारण महिलाहरु आत्मनिर्भर बन्न सकेको समेत बताए । उनले तालिममा सहभागीता जनाउने मात्रै नभई सिकेका सिपलाई सदुपयोग गर्ने कुरामा पनि ध्यान दिन सहभागीहरुलाई अनुरोध गरेका थिए ।
तालिमको समापन सहकारीकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा सम्पन्न भएको थियो ।