धनगढी -कैलालीको फुलबारी मा आसरा सुधार केन्द्र को उदघाटन गरिएको छ ।
धनगढी उपमहानगरपालिका - १४ मा बुधबार एक कार्यक्रमका बिच नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर ले उदघाटन गरे।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले सुधार केन्द्र स्थापना पछि यस क्षेत्रमा लागू औसधमा फसेकाहरुलाई सहज हुने बिश्वास व्यक्त गरे । उनले केन्द्र को स्थापना गर्न सहयोग गर्ने सबै संघ संस्था तथा पालिकाहरुलाई धन्यवाद समेत दिए ।
सुधार केन्द्र स्थापना को लागि धनगढी उपमहानगर नगरपालिकाले रु १० लाख , बेलौरी नगरपालिकाले रु ५ लाख र कैलारी गाउँपालिका ले रु ३ लाख सहयोग गरेको सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी भरत बोहराले बताए ।
उपमहानगरपालिकाले २० बर्ष सम्म को लागि नेपाल प्रहरीलाई सुधार केन्द्र संचालनको लागि उक्त ठाउँ र भौतिक संरचना उपलब्ध गराएको हो ।
लागू औषधमा फसेकाहरुलाई सुधार गर्न को लागि केन्द्रको स्थापना गरिएको हो । झन्डै एक सय जनालाई सुधार केन्द्र मा राखिने भएको छ ।
नेपाल प्रहरी श्रमती संघले यस अघि काठमाण्डौ र धरानमा आसरा सुधार केन्द्र संचालन गरिसकेको छ ।
धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल लगाएत कैलाली कंचनपुरका विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरु, कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारी ,विभिन्न संघ संस्थाका प्रतिनिधि एबम स्थानीय बिधालय का विद्यार्थीहरु को सहभागीता रहेको थियो।