अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा विपक्ष दल नेकपा ( एमाले) पहिलो पटकआफ्ना माग बोकेर नगरपालिका पुगेको छ ।
विभिन्न माग राखेर गोदावरी नगर का अध्यक्ष सन्तोष सिँह नगरप्रमुख बिरेन्द्र भट्ट को ध्यानाकर्षण गराउन नगरपालिका पुगे । सिँह नेतृत्व को टोली ले जग्गा नापी को समस्या देखी लागू औषध नियन्त्रण सम्म का माग नगरप्रमुख समक्ष राखेका छन् ।
एमालेका मागलाई नगरप्रमुख भट्ट ले पनि गम्भीर रुपमा लिएको बुझिएको छ । २०७९ को स्थानीय निकाय को निर्बाचन मा सत्ता बहिर्गमन गरेको एमाले औपचारिक रूपमा मा आफ्ना एजेन्डा बोकेर नगरपालिका पुगेको छ ।
लोकतन्त्र मा सत्ता पक्ष जस्तै प्रतिपक्ष जिम्मेवार हुनुपर्ने स्थानीय को बुझाई छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्राध्यापक जनकराज जोशी लोकतन्त्र को सुन्दरता नै यहि भएको बताउँछन् ।
"प्रतिपक्ष पनि वैटिङ गभर्मेन्ट हो त्यसैले लोकतन्त्र बलियो बनाउन उसले पनि जनताको आवाज सरकार संग पुर्याउनु पर्दछ । यसमा अन्यथा केही छैन । स्थानीय, संघ र प्रदेश मा पनि यहि अभ्यास हो । प्रतिपक्षका जायज माग सत्ता पक्षले सुन्नु पर्दछ ," जोशीले भने ।
नागरिक समाज का अगुवा धिरेन्द्र बोगटी ले पनि यसलाई लोकतान्त्रिक अभ्यास को रूपमा लिनुपर्ने बताए ।
उनले भने -" अहिले को यो ब्यबस्थामा सत्ता र प्रतिपक्ष दुबै उत्तिकै जिम्मेवार हुन । सत्ता पक्ष को कामलाई प्रतिपक्ष ले खबरदारी गर्नु पर्दछ तर बिरोध को नाम मा मात्रै होइन ।"
यस अघि गोदावरी मा स्थानीय निर्बाचनमा मेयर मा उम्मेदवार बनेर पराजित बनेका दल र तिनका उम्मेदवार नगरपालिका गएर सुझाव वा बिरोध को अगुवाई गरेको देखिएको थिएन ।
एमाले गोदावरी का अध्यक्ष सिँह ले भने अब निरन्तर नगरपालिका को काम कार्बाही प्रती खबरदारी गरिने बताए ।