धनगढी -शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले धनगढीको एक धर्मशालामा अनशन शुरु गरेका छन् ।
शुक्रबार अनसन बस्न कैलाली पुगेका केसीले शुरुमा गेटा मेडिकल कलेज को भवनमा अनशन बस्न खोजेका थिए ।
तर पछि प्रहरीले गेटा भबन भित्र केसीलाई प्रबेश गर्न दिएन । गेटाको गेटमा प्रहरीको डिउटी अरु बेला हुँदैन तर शुक्रबार भने प्रहरी को तैनाथी बढाएको थियो ।
सरकार को निर्देशन मा नै प्रहरीले केसीलाई भित्र जान नदिने योजना बनाएको थियो । प्रहरी स्रोतका अनुसार केसीलाई अनशन गेटामा बस्न नदिने तयारी थियो तर केसी र स्थानीय संघर्ष समिति कै बिच बिबाद भएपछि प्रहरीलाई हाईसन्चो भयो ।
शुक्रबार साँझ केसी आउने थाह पाएपछि गेटामा सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको माग गर्दै संघर्ष गरिरहेको समितिका संयोजक लोकराज पाण्डे "आगो" सहित का पदाधिकारीहरु पुगेका थिए ।
समितिका पदाधिकारी र केसीका बिच चर्काचर्की भएपछि उनी अनशन बस्न धनगढी पुगेका।
केसीका मागहरू:
१) सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस्।
२) यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस्।
३)सरकारी अस्पतालहरूमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने; गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने; जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेल्धुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने।
४)१०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरू शुरू गर्ने; विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्ड सहित कानूनी व्यवस्था गर्ने; ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्ड अनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने, सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानूनी व्यवस्था गर्ने।