काठमान्डौ - नेपाली कांग्रेस महामन्त्री थापाले अघिल्लो निर्वाचनमा भाग नलिएका र अवसर नपाएकालाई राष्ट्रियसभामा मौका दिनुपर्ने बताए ।
‘यसपटक राष्ट्रियसभा र संविधानको स्पिरिटअनुसार जो साथीहरू योग्य हुनुहन्छ, जसले अहिलेसम्म अवसर पाउनुभएको छैन र जसले अघिल्लो निर्वाचनमा भाग लिनुभएन ती साथीहरूलाई मौका दिने हो,’ थापाले भने, ‘यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि न्यायपूर्ण ढंगले उम्मेदवार बनाउने हो ।’नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब सभापति शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने बताएका छन्।
काठमाडौंको अनुपम फुडल्यान्डमा बुधबार बसेको बैठकमा बोल्दै थापाले देउवाको कार्यशैली सुधार्न अझै दबाबको आवश्यकता रहेको पनि बताए।उनले देउवाबारे कडा टिप्पणी गर्दै अब उनीबाट पार्टी नचल्ने निष्कर्ष सुनाए। ‘संसदीय दलको नेता फेर्न आजैबाट लागौँ। अब शेखर कोइरालाालई बनाउने अघि बढौँ’, बैठकमा उनको भनाइ उद्धृत गर्दै नेता गोविन्दराज पोखरेलले भने, ‘देउवा नै नेतृत्वमा रहिरहने हो भने कांग्रेस यो भन्दा अझै खराब अवस्थामा पुग्छ।’
थापाले देउवामा पार्टी चलाउने कार्यक्षमता नरहेको पनि बताए। ‘महासमिति बैठक त समयमा गर्न नचाहने सभापतिले महाधिवेशन पनि समयमा गर्दैनन्’, उनले भने, ‘२०८२ मा कांग्रेसको पन्ध्रौँ महाधिवेशन पनि हुँदैन।’उनले अहिलेबाटै एक भएर अघि बढ्न जरुरी रहेको बताए। ‘एक भएर आजैदेखि पहिले नेतृत्व फेरौँ’, उनले भने, ‘त्यसपछि पार्टीभित्र र समूहभित्रका सानातिना विमत्ति मिलाउँदै जाउँला।’
बैठकपछि पनि महामन्त्री थापाले देउवालाई एउटा गुटको संरक्षकको संज्ञा दिए।थापाले पार्टीले प्रतिनिधित्व गर्ने हरेक ठाउँमा मापदण्ड नबनाई एकलौटी निर्णय गरिँदा नेता कार्यकर्तालाई अन्याय भएको पनि बताए।