अत्तरिया – मोहना–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा रहेको छ । १४.२ किलामिटर लामो सो सडक निर्माणका क्रममा अहिले पहिलेको २ लेनको पक्की सडक भत्काएर ग्राबेल गरिएको छ भने ठाउँ ठाउँमा कर्भट निर्माण भइरहेका छन । यस अघिको २ लेनको सडकले सवारी चाप धान्न नसकेर निर्माण गरिन लागेको ६ लेनको सडक अहिले ग्रावेल अवस्थामा हुँदा धुलाम्य भएको छ । निर्माण कम्पनीले सडकमा प्रयाप्त पनी नहाल्दा सडक धुलाम्मे हुने गरेको छ ।
ग्राबेल गरिएको सडकमा सवारी साधनको चाप बढी हुँदा अहिले निर्माणाधिन ६ लेनको सडक धुल्याम्य बनेको छ जसका कारण अहिले सडक किनारमा नर्सरी गरी बसेका व्यवसायी पनि मारमा परेका छन । सडकबाट आउको धुलो बिरुवामा पर्दा बिरुवाको बृद्धि बिकास रोकिने , बिरुवा सुकेर मर्ने समस्याले सडक छेउका नर्सरी व्यवसायी तथा अन्य किसानहरु मारमा परेका छन ।
६ लेन सडक छेउको धनगढी उपमहानगरपालिका १३ मा डेड बिघामा गायत्री नर्सरी स्थापना गरेका पुस्प राज पन्तले अहिले धुलोले नर्सरी व्यवसाय चौपट भएको बताए । कृषि प्राबिधिक समेत रहेका पन्तले धुलोले गर्दा बिरुवामा हुने फोटोसेन्थेटिक क्रिया हुन नसक्दा बिरुवाको बृद्धि नहुने र बिरुरै बिरुवा मर्ने गरेको बताए ।
साढे ४० लाखको लगानिमा नर्सरी गरेका पन्तले सडकबाट आउने धुलोका कारण बिरुवा बचाउन समस्या भएको बताए । ‘ बिरुवामा धुलो बस्ने गरेका कारण नियमित बिरुवा माथि पानी छर्कनु परेको छ जसले गर्दा बिरुवामा लगानी समेत बढ्न गएको छ ।’ पन्तले भने –‘बजारको समस्या हुने भएकाले सडक छेउमा नर्सरी राखे अहिले सडकबाट आउने धुलोले झन समस्या गरेको छ । निर्माण व्यवसायीले पनि नियमित पानी हाल्ने नगरेका कारण झन समस्या भएको छ । ’ २०७१ सालमा राष्ट्रपती उकृष्ट कृषक पुरस्कार समेत पाइसकेका पन्तले नर्सरीमा सजावटी र फलफुलका गरी करिब ४ सय प्रजातिका बिरुवा उत्पादन गरेका छन ।
यसअघि सडक छेउ भन्दा भित्र नर्सरी भएका कारण बजारको समस्या हुने भएकाले सडक छेउमा नर्सरी स्थापना गरेका पन्तले अहिले सडक निर्माणले गर्दा आउने धुलोका कारण व्यवसायमा समेत असर परेको बताए ।
यस्तै गोदावरी नगरपालिका १अत्तरियाको सडक छेउमै नर्सरी स्थापना गरेका बिनोद राठोरले सडकको धुलैका कारण ठुलो क्षति बेहोरीरहेका बताए । उनले अहिले सडक निर्माण भइरहेकाले ग्राहक पनि कम आउने र झन धुलोले बिरुवा मर्ने भएका कारण समस्या परेको बताए ।
धुलोले गर्दा सडक छेउमा तरकारी खेती गर्ने अन्य बालीको खेती गर्ने किसान पनि उत्पादनमा कमि आउने कारणले समस्यामा परेको बताएका छन ।
२ बर्ष निर्माण अबधि रहेको सडक समय अबधि सकिए पनि सडक समयमा निर्माण सम्पन्न नहुँदा स्थानीय बासीहरुलाई निकै सास्ती खेपिरहेका छन् । सडक निर्माणका क्रममा रहेकाले सडक छेउमा व्यवसाय गर्ने व्यवसायी पनि मारमा परेका छन । १ अर्ब ६८ करोडको लागत रहेको आयोजना निर्माणको लागि ३ खण्डमा ठेक्का दिइएको छ ।