अत्तरिया - कैलालीको अत्तरिया नगर उधोग बाणिज्य संघले छिट्टै संचालन गर्ने महोत्सव को लागि सुझाव संकलन गरेको छ ।
संघ को कार्यालय मा शनिबार आयोजना गरिएको कार्यक्रममा बोलाइएका अतिथिहरु ले संघ ले गर्ने महोत्सव प्रती प्रश्न उठाएका छन् ।
संघ का पुर्ब उपाध्यक्ष नैन सिं कार्की ले महोत्सव के को लागि भनेर प्रश्न उठाए ?उनले भने -" मेला हो भने निशुल्क गरे भयो , किन टिकट लिनु पर्यो नभए महोत्सव किन गर्नु पर्यो । महोत्सव को हिसाब किताब नै पार्दर्शी छैन । पहिले संस्था आन्तरिक रूपमा मजबुत हुनु पर्यो । महोत्सव सकिएपछि आय ब्यय सार्बजनिक गर्नु पर्यो त्यो त अहिलेसम्म भएको छैन ।"
संघ को भुमिका प्रती ब्यबसायी राजेन्द्र खडकाले पनि असन्तुष्ट जनाए । महोत्सवले यस क्षेत्र को कला संस्कृति जोगाउनु पर्ने हो तर त्यस्तो हुन नसकेको जिकिर गरे ।
संघ का संस्थापक अध्यक्ष वसन्त रोकायाले बाहिर आए जस्तो संघ भित्र नितिगत भ्रष्टाचार नभएको बताए । उनले बिगत को कार्य समिति को बचाउ गरे ।
संघ को निर्बाचनबाट नयाँ नेतृत्व चयन भएको भए पनि अझै गुट को ह्याङ कायमै रहेको ब्यबसायीहरु को गुनासो छ ।
भबन निर्माण मा सबै एक मत
अत्तरिया उधोग बाणिज्य संघ को भबन गोदावरी -२ बनखेत को सामुदायिक बनमा निर्माणाधिन छ ।
अहिले का अध्यक्ष कल्याण सिँ बोहरा ले भबन को बाहिर अस्थायी कम्पाउन्ड बनाएका छन् ।
उनको योजना सकभर आफ्नो कार्यकालमा एक तलो थप्ने योजना पनि छ । तर उक्त जमिन को भोकाधिकार शसस्त्र प्रहरी ले लिएको छ भन्ने चर्चा पनि छ ।
यद्यपि आज को कार्यक्रम मा सहभागीहरुले संघ को जग्गा र भबन छोडन नसक्ने बताएका छन् ।
संघ का संस्थापक अध्यक्ष वसन्त रोकाया देखि निबर्तमान अध्यक्ष अशोक राज देबकोटा सम्म ले संघ को जग्गा प्राप्ति को लागि एक भएर अघि बढनु पर्ने धारणा राखे ।
यति मात्रै होइन नगरपालिका का प्रबक्ता गोपाल दत्त भट्ट ले समेत उधोग बाणिज्य संघ को कार्य मा एकैबद्दता जनाए । संघ का अध्यक्ष कल्याण सिं बोहराले सबै को सुझाव सल्लाह अनुसार अगाडि बढने बताए ।
उनले संघ ले आयोजना गर्ने महोत्सव सबै को भएकाले सबै को सहयोगको अपेक्षा गरे ।