अत्तरिया - गत आईतवार अत्तरिया बसपार्कमा दुई अबोध बालकहरु भेटिए । उनिहरु बस मार्फत यँहा आईपुगेका थिए ।
बर्दिया घर बताउने अन्दाजी ६ वर्षका बालक आयुष थारु र अन्दाजी ४ वर्षका प्रबेश थारुको अत्तरिया बसपार्कबाट प्रहरीले उद्दार गर्यो ।
उनिहरुलाई सोही दिन महिला तथा बालबालिका सेभ हाउस अत्तरियामा पुर्याइयो । उनिहरु दुई रात त्यही बसे । मंगलबार बिहान अत्तरियाका संचारकर्मी महिला तथा बालबालिका सेभ हाउस अत्तरिया पुगे ।
सेभ हाउसकी सन्चालिका जानकी मलासीले सेभ हाउसमा रहेका दुई बालकहरुलाई देखाउँदै भनिन्,'यती साना बालकहरु छोडने कस्तो आमा होलान, यिनिहरुलाई आफन्त सम्म पुर्याउन तपाईं पत्रकारहरुले भूमिका खेल्नु पर्यो।'
सेभ हाउस पुगेका पत्रकारहरुले बालबालिका संग भलाकुसरी गरे । बालकहरुले आफ्नो नाम भने । बुवा आमाको नाम तोते बोलीको शैलीमा बताए । घर बर्दियाको राजापुर मात्रै भने ।संचारकर्मी सबैका आँखा रसाए ।
बुवाको नाम सन्दिप चौधरी र आमाको नाम कल्पना चौधरी रहेको उनिहरुले बताए । दाई आयुष ले भाई प्रबेेश लाई कसिलो अंगालो हाले । सेभ हाउसकि संचालिका मलासीले दाईले भाईलाई छोडदै नछोडने बिहान देखि संगै बस्ने गरेको बताईन ।त्यहाँ पुगेका पत्रकार झनै भावुक बने । त्यसपछि हामी सेभ हाउस बाट निस्कियौ । तर दिनभर ती बच्चाहरुको स्मरण दिनभर आई नै रह्यो ।
त्यसपछि संघीय सरकार भुमी सुधार मन्त्री रन्झिता श्रेष्ठलाई बालकहरु को फोटो भिडियो पठाउन पत्रकारहरुले पहल गरे । मन्त्री श्रेष्ठले छिटो भन्दा छिटो बर्दिया मेसेज पठाउने र उद्दार गर्ने प्रतिबद्धता जनाईन । उनले आफ्ना नेता कार्यकर्ता र जनप्रतिनिधिलाई मेसेज पठाईन । त्यसपछि उक्त भिडियो बर्दिया तिर भाईरल बनेछ । दिनभर बर्दिया , गुलरिया , राजापुर , टिकापुरबाट सयौं कल फोन आए ।
बालकहरुबाट चिन्ता ब्यक्त गरे । स्थानीयहरु का अनुसार बालककि आमाले उपचार गर्ने भनेर घरबाट हिँडेकी हुन रे । आमाले नै अत्तरिया बसपार्क सम्म ल्याएर छोडेको हुन सक्ने आशंका गरिएको छ ।
दिउँसो तिर राजापुर नगरपालिकाका मेयर दिपेश थारु , उनका स्वकीय सचिबको निरन्तर फोन आयो । त्यहाँ को बालबालिका शाखा कि प्रमुख रिता कुमारी थारु को फोन आइ नै रह्यो ।
त्यसपछि मेयर थारु, उनका स्वकीय सन्दिप रिजाल को सकृयता मा नगरपालिकाले आफ्नै गाडी पठाएर आफ्ना नगरका बालकरुको उद्दार गर्यो।
गाडी सांझ अत्तरिया स्थित सेभ हाउस मा पुग्यो र दुई बालकलाई उनिहरु को जिम्मा लगायौ । बालकहरु मुस्कुराए । हामी पनि खुशी भयौं ।