धनगढी -नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (NELTA) कैलालीको एघारौं बार्षिक साधारण सभा सप्पन्न भएको छ ।
नेल्टा कैलालीको आफ्नै कार्यालय मा शुक्रबार सभा सम्पन्न भएको हो । नेल्टा, कैलालीका अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नेल्टाका अध्यक्ष रामजी हमाल रहेका थिए ।
नेल्टाका सचिव धर्मदेव नौन्यालले सञ्चालन गरेको कार्यक्रममा कैलालीका पुर्व अध्यक्ष तथा सल्लाहाकार यज्ञराज पाण्डेय र केशव दत्त भट्ट विशिष्ट अतिथि रहेका थिए । सुदूरपश्चिम प्रदेश नेल्टाका सह–सचिव अर्जुन रजवार, कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापकहरु मोहन सिङ साउँद, डा. हरिचन्द्र कमली र सिताराम भट्ट लगाएत उक्त कार्यक्रम मा अतिथि रहेका थिए ।
कार्यक्रममा नेल्टा कैलालीको स्थापना कालदेखी संस्थाको बिकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ दोसल्ला सहित प्रसङ्सा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
साथै ऊक्त कार्यत्रममा कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापक मोहन सिङ साउँदले Cultural Pedagogy in ELT बिषयमा एक कार्यपत्र समेत गरेका थिए । यसै बिच एघारौं बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि धर्मदेव नौन्यालको अध्यक्षतामा नयाँ कार्यसमिती समेत चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा भिम के.सी, सचिवमा सुमन श्रेष्ठ , कोषाध्यक्षमा रमेश प्रसाद जोशी, सदस्यहरुमा मोहन सिङ साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल रहेका छन् ।