धनगढी -नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको पदयात्राले मुलुकमा समृद्धिको थप आधार तय हुने बताएका छन ।
कैलालीको धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विकास र समृद्धिको लागि पार्टीले मध्यपहाडी लोकमार्गको पदयात्रा गर्न लागेको जानकारी दिए ।
तीन सातासम्म जारी रहने पदयात्रामा मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया गरिने उनले जानकारी दिए ।
उनले भने, ‘राष्ट्रिय अभियान हो । १० वटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्ने छ । यो अभियानमा हामी युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, किसानहरूसँग गर्छौ र समृद्धिका अन्य पाटाहरू पनि पहिचान गर्छौ ।’
आगामी १४ गते बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्माले उक्त पदयात्राको उद्घाटन गर्दै छन ।
प्रेस चौतारीको बैठक दार्चुलामा
एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको केन्द्रिय समितीको बैठक भोली देखी दार्चुलामा शुरु हुने भएको छ ।
बैठकको लागी प्रेस चौतारी आबद्द पत्रकारहरु दार्चुला पुग्ने क्रम जारी रहेको महासचिब हिरामान लामाले बताए ।
एमाले ले गर्ने झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको पदयात्रालाई सहयोग पुग्ने गरी चौतारीले बैठक दार्चुलामा राखेको हो ।