काठमाण्डौ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूगोल र क्षेत्रफलका हिसाबले नेपाल सानो भएपनि सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताएका छन्।
छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भाषा, कला, संस्कृति, चाडपर्व,भेषभुषा र सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताएका हुन्।
नेपाल र नेपालीको संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले त्यो कुरालाई प्रमाणित गर्ने उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
‘यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ,’ शुभकामना सन्देशमा भनिएको छ।
प्रधानमन्त्री प्रचण्डले छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।