काठमाडौं - प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।
बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), तिलक परियार (बाँके), धर्मनाथ यादव(सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), शर्मिला त्रिपाठी (चितवन), विष्णु प्रसाईं (झापा)र गोविन्द कलौनी (डडेलधुरा)लाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।
नेकपा सचिवालय बैठकलगत्तै अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकले निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ ।
प्रदेश प्रमुखको आज नै पद तथा गोपनियताको सपथ हुने छ ।
कलौनीको राजनिती
सुदुरपश्चिम प्रदेश प्रमुखमा सिफारिस भएका गोबिन्द कलौनी यस क्षेत्रका पुराना बामपन्थी राजनितिग्य हुन।
२०५१ सालमा डडेलधुराबाट तत्कालीन काङ्ग्रेस नेता शेरबहादुर देउवासँग, २०५६ मा वैतडी र २०६४ मा कञ्चनपुरमा चुनाव लडेका कलौनी तीनैपटक पराजित भए ।
उनी २०४९ सालको पाँचौैं राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटीका आएका हुन् ।
कलौनी एमाले–माओवादी केन्द्र एकतापूर्व पार्टी निर्वाचन आयोगको उपाध्यक्ष थिए ।