अत्तरिया - पछिल्लो ३ महिनाको अबधिमा सुदुरपश्चिम प्रदेशमा २१ ओटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार चालु आर्थिक बर्ष २०७६÷०७७ को तिन महिनाको अबधिमा बिभिन्न जिल्लामा गरेर प्रदेशभरि २१ ओटा सवारी साधनहरु दुर्घटनामा परेका हुन् ।
यि सवारी साधनहरुको दुर्घटनावाट ३ महिनामा २० जनाको मृत्यु भएको छ भने २८ जना घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ । जस मध्ये २१ जना गम्भिर घाईते भएका छन् भने ७ जना सामान्य घाईते भएका छन् । अन्य समय भन्दा नेपालीहरुको महान चार्डपर्वहरुको समय सवारी साधनहरु बढि दुर्घटना हुने गरेका छन् ।
शनिवार मात्रै महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस डोटीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् । यता पुर्वपश्चिम राजमार्गमा २ दिन भएको सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् । यद्धपी कात्तिक महिनाको दुर्घटना सम्बन्धि पुरा जानकारी नआएकाले यसमा समाबेश नगरिएको ट्राफिक प्रहरीले जनाएको छ । कात्तिक महिनाको सवारी दुर्घटनाको तथ्याङकलाई पनि जोडेमा मृतक र घाईतेको संख्या अझै बढ्ने प्रहरीको भनाई छ । दुर्घटनामा परेका सवारी साधनहरुमा सबै भन्दा बढि मोटरसाईकल रहेका छन् ।
सुदुरपश्चिम प्रदेका पाहाडी जिल्लाका सडकमा गाडी गुडाउनु आफैंमा खतरापूर्ण मानिन्छ । त्यसमाथि क्षमताभन्दा बढी यात्रु चढाउनु र चालकहरुको सानो लापरबाहीले यात्रुलाई मृत्यु मुखमा पुञ्याइरहेको हुन्छ । केहि बर्ष यता सुदुरपश्चिम प्रदेशको ग्रामीण क्षेत्रसंगै मुख्य राजमार्गहरुमा पनि बढि दुर्घटना भैरहेका छन् ।
सडकमा सवारीको चाप बढ्दै जानु , साँघुरो तथा पुराना सडक हुनु र सवारी चालक एबम् यात्रु दुबैको लापरबाहीका कारण सवारी दुर्घटना बर्षेनी बढ्दै गइरहेको बताइएको छ । बर्सेनी बढिरहेका सवारी दुर्घटनाका कारण यात्रा गर्नै डर लाग्ने गरेको सर्वसाधारणको भनाई छ ।
१७ हजार ८९ वटा सवारी साधान कारबाही , १ करोड राजश्व संकलन
सुदुरपश्चिम प्रदेशमा पछिल्लो ३ महिनाको अबधिमा धेरै सवारी साधानहरु कारबाहीमा परेका छन् । यसैबेला चार्ड पर्व पनि परेकाले सवारी चेकजाँचमा कडाइ गरेसंगै धेरै साधानहरु कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । यो अबधिमा १७ हजार ८९ वटा सवारी साधान कारबाहीमा परेका छन् ।
कारबाही परेका यि सवारी साधनहरुवाट ट्राफिक प्रहरीले जरिवाना बाफत १ करोड १६ हजार ५०० रुपैया राजस्व संकलन गरेको छ । प्रदेशका नौ वटै जिल्लावाट कारबाहीमा परेका बिभिन्न किसिमका सवारी साधनहरुवाट १ करोड १६ हजार ५०० रुपैया राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । कारबाही पर्नेमा सबैभन्दा बढि मोटरसाईकल चालक रहेका छन् ।