बझाङ - जिल्लामा यार्सागुम्वा सङ्कलन गरिएको ५÷६ महीना बितिसक्दा पनि यार्सागुम्बाको उचित मूल्य निर्धारण नहुँदा यार्सा सङ्कलकहरु मारमा परेका छन । बहुमूल्य जबुटीको रुपमा प्रयोग हुने यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि यार्सागुम्बा घरमै थन्किए पछि सङ्कलकहरु मारमा परेका हुन ।
दुई तिन महिनाको कडा मेहनत र परिश्रमबाट सङ्लन गरिएको यर्सागुम्बाको उचित मूल्य नपाए पछी समस्या भएको साइपाल गाउँपालिकाका स्थानिय बासिन्दा दिपक बोहराले बताए । बोहराका अनुसार गत वर्ष प्रतिकेजी १८ लाख देखी १९ लाखका दरले खरीद बिक्री भएको थियो । यस वर्ष ठेकेदारहरुले प्रतिकेजी ८ लाख भन्दा बढी दिन नमाने पछी यार्सागुम्बा घरमै थन्किएको बताए ।
यार्सागुम्बा सङ्कलन गरेर घरपरिवार घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा सँङकलहरु उचित मूल्य निर्धारण नहुदा दैनिक उपभोग्यका सामानहरु नुन तेल चामल किन्न पनी समस्या भएको सैपाल गाँउपालीकाका अर्का स्थानियवासी घुरन बोहोराले बताए ।
बझाङ जिल्लाको उत्तरी भेगका गाँउपालीका साईपाल,गाँउपालीका ,सुर्मा,गाँउपालीका तल्कोट गाँउपालीका , बुगल नगरपालीका स्थानिय बासिन्दाहरु वर्षेनी यार्सा सङलन गर्न जाने गर्दछन । यार्सा सङ्कलन गर्न उत्तरी भेगका १० वर्ष माथिका बाल बालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक समेत यार्सा सङ्कलन गर्न हिमाली क्षेत्र कालापानी, चाल्ला वन, श्याम वन, राइढुङ्गी ,माझाबन तपोवन लगायतका ठाउँमा जाने गर्दछन ।
हरेक वर्ष जिल्लावाट करीव तिन कुन्डल यार्सागुम्बा जिल्ला वाहिर जाने भएपनी यसवर्ष भने ठेकेदारले मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा किन्नमा कुनै चासो दिएका छैनन् ।