अत्तरिया- कैलालीको अत्तरियामा विवेकशील साझा पार्टिले दिप प्रज्बलन गरेको छ । प्रदेश नं २ को बारा र पर्सा जिल्लामा आईतवार राति आएको भीषण हावाहुरीका परि ज्यान गुमाएका , घाईते भएका र बिस्थापित भएकाहरुको सम्झनामा अत्तरिया चोकमा दिप प्रज्वलन गरिएको हो ।
विवेकशील साझा पार्टि गोदावरी नगर कमिटी र क्षेत्रिय कमिटीको संयुक्त आयोजनामा गरिएको दिप प्रज्बलन कार्यक्रममा सहभागीहरुले भीषण हावाहुरीका कारण अकालमै ज्यान गुमाएकाहरुप्रति दिप प्रज्बलन गर्दै एक मिनेट मौन धारण समेत गरेका थिए । साथै उनीहरुले घाईते भएकाहरुको चाडो भन्दा चाडो स्वास्थ्यमा सुधार होस भन्दै स्वास्थ्य लाभको कामना गरे ।

दिप प्रज्बलन कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टि गोदावरी नगर कमिटीका संयोजक यज्ञराज हमाल योगेन्द्रले बारा र पर्सा जिल्लामा आईतवार राति एक्कासी आएको भीषण हावाहुरीका परि धेरै जनाले अकालमै ज्यान गुमाउनु परेको भन्दै यसवाट आफुहरु अन्यन्तै दुखिद भएको बताए ।
उनले एकै दिन दजनौ मनिसको ज्यान जाने र सयौ मनिसहरु घाईते हुने गरी गएको प्रकृतिक प्रकोपवाट बिस्थापित भएकाहरुको परिवारलाई पार्टिको केन्द्रिय कमिटिवाट बिभिन्न खालका सहयोगहरु भैरहेको बताए ।

भीषण हावाहुरीका कारणले अकालमै ज्यान गुमाएकाहरु प्रति हार्दिक समवेदना प्रकट गर्दै घाईतेहरु प्रति शिघ्र स्वास्थ लाभको कामना सहित दिप प्रज्बलन कार्यक्रमको आयोजना गरिएको उनले बताए । यस्तै विवेकशिल साझ पार्टि कैलाली क्षेत्र नं ४ संयोजक धिरेन बोगटीले हावाहुरीका परि ज्यान गुमाएका र घाईते भएकाहरुको सम्झनामा आफ्नो पार्टिले आज देशभर दिप प्रज्बलन कार्यक्रमको आयोजना गरेको बताए । उनले केन्द्रिय कार्यक्रम अनुसार नै आफुहरुले पनि दिप प्रज्बलन गरेको बताए ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै उनले देशमा आएको बिपत्तिमा सबैले एक जुट भएर आ आफ्नो क्षेत्रवाट हुने सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा विवेशिल साझा पार्टिका नेता तथा कार्यक्रर्ताका साथै स्थानियहरुको सहभागीता रहेको थियो । कार्यक्रम संञ्चालन विवेकशिल साझाका नगर सचिब प्रमोद अधिकारीले गरेका थिए ।