अत्तरिया- कैलालीको अत्तरियामा जारी लोटस आई कप अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगीताको उपाधी सैनिक आवाशिय महाविद्यालयले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा कञ्चनपुरको ज्योती बोर्डिङ स्कुललाई ३० रनले पराजित गर्दै सैनिकले उपाधी जितेको हो ।
शान्तिपुर खेलमैदानमा भएको फाईनल खेलमा टस जितेर सैनिकले ब्याटिङ रोजेको थियो । सैनिकले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १२४ रन बनाएको थियो । बलिङमा ज्योतीका विनोद सिँहले ३ विकेट र आशिष ताम्राकारले २ विकेट लिए । १२५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको ज्योतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो । बलिङमा सैनिकका सुशिल चन्द र निशान्त भट्टले समान ३/३ विकेट लिएका थिए ।
उपाधी जितेसँगै सैनिक आवाशियले नगद रु. १ लाख १ हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ज्योतीले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगीताभर १० विकेट र ११८ रन बनाएर उत्कृष्ट खेल प्रर्दशन गरेका सैनिकका कप्तान सुशिल चन्द उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै ज्योती इंग्लिश बोर्डिङ्ग स्कूलका खेलाडि नवीन ताम्राकारले अहिले सम्म खेलेका खेलभरीमा १ सय २० रन बनाएर उत्कृष्ट व्याट्सम्यान रहेका छन् । उनलाई नगद रु ५ हजार साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
यस्तै उत्कृष्ट बलरमा ज्योती इंग्लिश बोर्डिङ्ग स्कुलका खेलाडी आशिष ताम्राकार रहेका छन् । उनले प्रतियोगिता भरी सबै भन्दा बढी १५ विकेट लिन सफल भएका छन् । उनले नगद रु ५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको उदयमान खेलाडीमा दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयका गणेश थापा रहेका छन् । उनलाई रु नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सैनिक आवासीय महाविद्यालयका खेलाडी निशान्त भट्टले ३ विकेट लिएर फाइनल खेलको म्यान अफ द म्याच भएका छन्।