अत्तरिया - गोकर्ण भट्ट नेकपा एमाले गोदावरी नगर कमिटीका अध्यक्ष हुन । एमाले को जारी प्रदेश अधिबेशनमा राम्रो मत पाएर प्रदेस कमिटी सदस्यमा निर्बाचित भएका छन् ।
उनको पृष्ठभुमि पुर्व माओवादी हो । नेकपा छुट्टिएपछी उनी आफ्ना सहोदार दाइ एमाले सचिब लेखराज भट्ट संगै एमालेमा बसे । यदपी लेखराजले एमालेमा जाने बेला भाइ गोकर्ण संग पनि सल्लाह गरेका थिएनन् ।
बेला बेला गोकर्ण ले भन्ने गर्थे - "यस्तो बेला दाईलाई भाईले साथ नदिए कसले दिन्छ र अब को कम्युनिस्ट पार्टी को मुलधार एमाले नै हो, यसैमा लाग्नु पर्छ ।"
सचिब भट्ट पनि बेला बेलामा भन्ने गर्छन् -" राजनीतिमा आफुलाई आमाको प्रेरणा र भाइ गोकर्ण को हिम्मतले साथ दिने गर्छ । "
नेकपा एमाले रहेपछि गोकर्ण गोदावरी नगरकमिटीको अध्यक्ष बने । मेयरमा टिकट पनि पाए तर पराजित बने । यदपी त्यो पराजित हुनुमा पनि पार्टी भित्र कै अन्तरघात मुख्य कारण बनेको उनको ठम्याइ छ । उनी नगरकमिटीको अध्यक्ष बने देखि नै गोदावरीमा एमाले को दुई धार बन्यो र अहिलेसम्म त्यो धार कायम नै छ । बिचार मा प्रष्ट र हक्की स्वभावका भट्ट राजनीतिमा पनि हक्की नै छन् ।
टिम बनाएपछि टिम को स्पिरिट मा हिन्ने उनको बानी छ । गोदावरीमा उनलाई टिममा पुर्ब मेयर एबम एमालेका नेता हरि सिँ साउँद , खम्ब बुढा ,चक्र बोहरा, गणेश जिमि साउँद लगाएतका नेताहरुले साथ बलियो गरि दिएपछि उनी एमाले भित्र पनि साझा बने ।
हाल अधिबेशनको बेला एमालेका अधिकांश नेताहरुलाई समेत उनले संगै हिडाए ।
उनको बुझाई मा -"हो केही नेताहरु छुटे , तर मैले नगरकमिटी अध्यक्ष बने देखि सबैलाई पटक पटक मिलाउन खोजे , छलफल गरे , बसौ पार्टी मिलाउ भने तर साथीहरू कुरामा ठिक्क हुने व्यबहारमा ठिक उल्टो गर्ने । मैले त कसैको केहि बिगारेको छैन । पार्टी बनाउने कुरा मुख्य हो हामी एकताबाट एमालेमा आईसकेपछि सबैलाई सम्मान गरौ सबै को पार्टी बनाउँ भन्ने कुरो मात्रै थियो ।"
एमाले भित्र अहिले को अधिबेशनमा आफुलाई नेता कार्यकर्ताले अनुमोदन गरेको उनको बुझाई रहेको छ ।उनले अब सबैलाई एक ढिक्का पारेर अघि बढने बताए ।