धनगढी - कैलाली जिल्लाको स्वास्थ्य अबस्थामा सुधार ल्याउनका लागि आईतबार सरोकारवालाहरु बिच अन्तरक्रिया भएको छ । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय , जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उप–महानगरपालिकाकामा प्रतिनिधीहरु बिच छलफल तथा अन्तरक्रिया भएको हो ।
कैलाली जिल्लामा स्वास्थ्यकर्मीहरुको अभाव, नवजात शिसुको उच्च मृत्यूदर, खोप कार्यक्रम संचालनमा समस्या, अशुरक्षित गर्भपतन, परिवार नियोजन साधानको प्रयोगको दर न्यून, कुष्टरोग, मलेरीया र शिकलसेल ऐनिमिया परिक्षण र तथा उपचार जस्ता कुरामा निकै समस्या रहेको छ । जिल्लाका अन्य स्थानीयतहको तुलनामा धनगढी उप–महानगरपालिकाको अवस्था राम्रो देखिएपनि अझै सन्तुष्ट हुने अवस्था छैन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, त्यसका लागि स्वास्थ्यकर्मीहरु लगनशिल भएर काममा खटिनुपर्ने छ ।
धनगढी उप–महानगरपालिकालाई सबैभन्द बढी समस्या कर्मचारी समायोजनबाट भएको छ नगरप्रमुख वडले भने, स्वास्थ्य महाशाखा प्रमुख आठौंतहको रहने ब्यबस्था भएपनि सिअहेव मात्रै छ । धनगढी शहरी क्षेत्र भएकाले पनि सबै यतै आउन चाहेका छन् तर चाहिने कर्मचारी छैन । आफु निर्वाचित भएर आएपछि १० वटा शहरी स्वास्थ्य केन्द्रबाट बढाएर १० पु¥याएको नगरप्रमुख वडले बताए ।
उनले भने, सिकलसेल परिक्षण, १ हजार तीनसय भन्दा बढीको निशुल्क आँखाको सल्यक्रिया, कुष्ठरोगी, हाईड्रोसिल लगायतका ठूलो संख्यामा बिरामीको उपचार गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले कैलाली जिल्लाको स्वास्थ्य अवस्था खस्कीदो रहेको बताए । उनले भने, धनगढी उप–महानगरपालिकाले मात्रै राम्रो गरेर हुदैन जिल्ला भरीको अवस्था राम्रो भएमा मात्रै लक्ष्य भेटाउँछ । सेती अञ्चल अस्पतालमा नै नवजात शिसुको मृत्यूदर प्रतिहजार निवित जन्ममा २९ दशमलव ७ जना रहेको छ यसलाई कसरी बुझ्ने छ । त्यसैगरी अस्थायी साधन प्रयोगकर्ता कैलालीमा ४० प्रतिशत छ ।
नियमित खोप सेवा प्रभावकारी रुपमा चल्न सकेको छैन प्रमुख धामीले भने, समस्या नै समस्या छन् । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका डाक्टर खगेन्द्र बमले कैलाली जिल्ला हेर्दा सुगम भएपनि स्वास्थ्यको अवस्था नाजुक रहेको बताए । उनले भने, यसका लागि सरोकारवालाहरु बिच छलफल आवश्यक छ ।
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका डाक्टर चेतराज जोशीले सेती अंचल अस्पतालको अवस्थामा सुधार ल्याउन सकेमा मात्रै प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने बताए ।