धनगढी - नेकपा (एमाले) को सुदुरपश्चिम प्रदेशमा जारी पहिलो अधिबेशनको लागि निर्बाचन तालिका सार्बजनिक गरिएको छ ।
निर्बाचन समितिले मतदाता को अन्तिम नामावली आज नै सार्बजनिक गरिने सुचना मार्फत जनाएको छ । यस्तै उम्मेदवारलाई दर्खास्त फारम पनि आज नै दिइने र भोलि मनोनयन दर्ता देखि निर्बाचन गर्ने सम्म को तालिका सार्बजनिक भएको छ ।
नयाँ नेतृत्व चयन को लागि प्रयास जारी रहेको भएपनी सहमतिबाट नेतृत्व चयन हुने संभावना न्यून रहेको बुझिएको छ ।
अध्यक्षमा तीन को जनाको दाबी कायमै रहेको छ । अछामका कृष्ण प्रसाद जैशी , अछामकै कमल तिमिल्सेना र कन्चनपुरका बच्चन सिँहले अध्यक्षमा दाबी गरेका छन् ।
अध्यक्ष भन्दा सचीवमा झनै पेचिलो हुने देखिएको छ । एमाले को मुल नेतृत्वले प्रदेश इन्चार्ज छबिलाल बिस्वकर्मालाई सहमति गराउने जिम्मा दिएको छ ।
एमाले सुदुरपश्चिममा सचिब लेखराज भट्ट , सह इन्चार्ज कर्ण थापा र प्रदेश अध्यक्ष दामोदर भन्डारी को आ आफ्नै समुह रहेको छ ।
यस्तै पुर्ब उपाध्यक्ष भिम रावलको समूह पनि सकृय नै छ । यदपी रावललाई अधिबेशनमा निम्तो नदिएपछि उनी अधिबेशन स्थलमा भने छैनन् ।
नेताहरु को समूह पनि आन्तरिक छलफल मै रहेका छन् । यदि सहमति नभए भोलि चुनाब हुने निश्चित रहेको एक नेताले बताए ।