धनगढी - नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी सकिएको छ ।
असोज २१ र २२ गते हुने प्रथम प्रदेश अधिवेशनको तयारी सकिएको शनिबार पत्रकार सम्मेलन को आयोजना गरि एमाले प्रदेश अध्यक्ष दामोदर भन्डारीले जानकारी दिए ।
अधिबेशन को लागी धनगढीस्थित सौराई पार्टी प्यालेस झकिझकाउ पारिएको छ। अधिबेशन को आइतबार एक कार्यक्रमका बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने भन्डारीले बताए ।
यस्तै अधिबेशनलाई पार्टी महासचिव शंकर पोखरेल, संगठन बिभाग प्रमुख काशिनाथ अधिकारी ,केन्द्रिय सचिब लेखराज भट्ट , अर्का सचिब एबम सुदुरपश्चिम इन्चार्ज छबिलाल बिस्वकर्मा लगाएतका नेताहरुले सम्बोधन गर्ने छन् ।
अधिवेशनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधि धनगढी आउने क्रम जारी छ।दुई दिनसम्म चल्ने अधिवेशनमा ५३ हजार बढी संगठित सदस्यले चुनेको ६ सय ७५ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।
अधिवेशनले आगामी नयाँ नेतृत्व चयन गर्ने छ। प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन्।अध्यक्षका लागि कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र बचन सिंह आकांक्षी देखिएका छन्।
रावललाई निम्तो नै छैन
नेकपा एमालेका पुर्ब उपाध्यक्ष भिमरावललाई भने उनकै गृह प्रदेश मा हुन लागेको अधिबेशनमा निम्तो दिइएको छैन ।
रावल अहिले अछाम मै छन् । तर भोलीबाट शुरु हुने अधिबेशनमा अब उनी सहभागी हुने छैनन् । प्रदेश इन्चार्ज छबिलाल बिस्वकर्माले रावल राष्ट्रिय राजनीतिमा केन्द्रिय नेता भएकाले नबोलाइएको बताए ।
रावललाई निम्तो नै नदिएपछी उनी निकट नेता कार्यकर्त भने रुष्ट बनेका छन् । रावल एमाले को गत अधिबेशनमा अध्यक्षमा चुनाब लडेर पराजित भएका थिए । त्यसयता रावल पार्टी को कुनै भुमिकामा छैनन्