अत्तरिया- कैलालीको अत्तरियामा रहेका गोदावरी होटल व्यवसायी संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिह धामीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना चोखालको अध्यक्षतामा सम्पन्न साधारण सभामा मन्त्री धामी रहेका थिए । कार्यक्रम मा प्रदेशसभा सदस्य तुलसी देवकोटा, खेमा देवी बिष्ट लगायत अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साधारण सभामा संघको प्रगति प्रतिवेदन संस्था का सचिव रविन्द्र खड्काले प्रस्तुत गरेका थिए ।गोदावरी होटल व्यवसायी संघमा हाल झन्डै ४५० सदस्य आवद्ध छन ।
अत्तरियामा रहेको नमस्ते पार्टी प्यालेसमा भएको संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनको संचालन पत्रकार शारदा फुलाराले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव लक्ष्मण धामीले राखेका थिए ।
यसै बिच साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा नमस्ते होटलका संचालक लक्ष्मण धामी चयन भएका छन् ।
संघको उपाध्यक्षमा बिस्ना देवि बोहरा,महासचिवमा रविन्द्र खड्का,सचिवमा दिल बहादुर खत्री र कोषाध्यक्षमा लाल बहादुर धामी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा निर्मला पन्थि,सितादेवि चुनारा,तिलक ओलि,अमिन सिंह धामी,रुपादेवि गौतम,कलक सिंह धामी,नारायण बोहरा,पवित्रा भण्डारी र डल्लु रानामगर चयन भएका छन्