अत्तरिया- नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश अधिबेशनमा सहभागी हुने प्रतिनिधि चयन को लागि भएको मतदान को मतगणना गोदावरी मा सकिएको छ । गणना केही बेर अघि पार्टी कार्यालय पुर्वरोड बनखेतमा सकिएको निर्बाचन का सहजकर्ता नागेन्द्र नाथ योगीले बताए ।
मत परिणाम अनुसार खुल्लामा हरि सिँ साउँद (४९४) , गोकणर् भट्ट (४८५), बालकृष्ण प्रसाईं(४९१), खम्ब बुढा(५००) , गणेश जिमि साउँद (४८८), चक्र बोहरा (४८१) , नर बहादुर रोकाया (४२८)र राम प्रसाद चौधरी( ४३२) बिजयी भएका छन् । यस्तै युबामा रबिन्द्र रोक्का मगर (४४६)चयन भएका छन् ।
महिला तर्फ डम्मा खडका , बिष्णु माया बुढा, खेमा देबी साउँद, रत्ना कुँवर र गंगा कुमारी चौधरी बिजयी भएर प्रतिनिधि चयन भएका छन् ।
मतगणना मतदान सकिएको २ दिनपछि भएको हो । मतदान सकिनै लाग्दा प्रदेश अध्यक्ष दामोदर भन्डारीले मतगणना नगर्न सहजकर्तालाई पत्र मार्फत निर्देशन दिएपछि रोकिएको थियो ।
उम्मेदवार दर्ता गराएर गोदावरीमा प्रक्रिया नमिलेको भन्दै एमाले भित्रै कै एक पक्ष निर्बाचनमा सहभागी भएको थिएन । असन्तुष्ट पक्षले पार्टी प्रदेश कार्यालय मा उजुरी दिएको थियो ।
मतदान मा ५ सय ७७ मत खसेको थियो । एमाले को सुदुरपश्चिम प्रदेश अधिबेशन असोज २१ र २२ गते हुँदैछ।