अत्तरिया -नेकपा एमाले सुदुरपश्चिम प्रदेश को महाधिवेशन को लागि गोदावरीमा प्रतिनिधि चयन मा बिबाद भएको छ ।
प्रतिनिधि को लागि सर्ब सम्मत चयन को प्रयास गरिएपनी सहमति नहुँदा बिबाद भएको छ । गोदावरी एमालेमा बिगत देखि दुई गुट सकृय रहेका छन् ।यद्यपि नगर अध्यक्ष गोकर्ण भट्ट र प्रदेश सदस्य हरि सिँ साउँद पक्षीय टिमले प्रतिनिधि चयन को लागि उम्मेदवारी दर्ता गराएको छ ।
उक्त टिमबाट खुल्ला प्रतिनिधि को लागि हरि सिँ साउँद, गोकर्ण भट्ट , खम्ब बुढा , बालकृष्ण प्रसाईं,गणेश जिमि साउँद , चक्र बोहरा , नर बहादुर रोकाया र राम प्रसाद चौधरी उम्मेदवार बनेका छन् ।
त्यस्तै युबा प्रतिनिधि मा रबिन्द्र रोक्का मगर को उम्मेदवारी परेको छ । यस्तै महिला मा रत्ना जोशी, गंगा चौधरी , बिश्नु मया बुढा,खेमा देबी साउँद र डम्मा खडका रहेका छन् ।
अहिले मतदान जारी रहेको छ । तर अर्को पक्षले भने निर्बाचन प्रकृया विधि सम्मत नभएकाले रोक्नु पर्ने भन्दै बहिष्कार गरेका छन् ।
अर्को पक्षबाट प्रतिनिधिमा कृष्णराज सुवेदी, दामोदर रिजाल र यम भन्डारी ले पनि प्रतिनिधि हुन चाहेका थिए । तर उनिहरुलाई साउँद पक्षले मिलाउन नसक्ने भएपछि बिबाद भएको हो ।
महिलामा पनि उक्त पक्षले बराबरी को सिट खोजेको छ । दलित कलस्टरमा भने सहमति भएको छ ।गोदावरी मा एमाले का १९ सय ११ संगठित सदस्य रहेका छन् ।