अत्तरिया - नेकपा एमाले को सुदुरपश्चिम प्रदेश अधिबेशन को लागि आज प्रदेशभर प्रतिनिधि चयन गरिएको छ ।
असोज २१ र २२ गते हुने प्रदेश अधिबेशन मा सहभागी हुने प्रतिनिधि चयन भएका छन् । अधिकांश जिल्लामा सर्बसम्मती बाट प्रतिनिधि चयन भएका छन् । तर कैलालीको गोदावरी मा भने प्रतिनिधि चयन मा सकस भएको छ ।
आज दिनभर सर्ब सम्मती को प्रयास गरिएपनी महाधिवेशन प्रतिनिधि को लागि आकाँक्षी धेरै भएपछि समस्या भएको हो ।
दलित र महिला कलस्टर मा लगभग सहमति भए पनि खुल्लामा भने सहमति हुन सकेको छैन । अबेर सम्म सहमती नभए भोलि चुनाब हुने बुझिएको छ ।
गुट को प्रभाब
गोदावरी मा बिगत देखि एमाले भित्र गुट उपगुट भित्र स्थानीय नेताहरु बिभाजित हुँदै आएका छन् ।
पछिल्लो अधिबेशन मा गोदावरी मा गोकर्ण भट्ट को नेतृत्व मा नगरकमिटी सर्बसम्मत ले घोषणा गरिएको थियो । त्यस यता जिल्ला कमिटी सदस्य आनन्द भट्टले अघोषित अर्को गुट चलाउँदै आएका थिए ।
दुई गुट सकृय भएदेखि नै एमाले को नगरमा प्रभाबकारी रूपमा संगठन बिस्तार को काम कमजोर बन्दै गएको थियो । आनन्द टिमलाई अघोषित रूपमा प्रदेश कमिटी सदस्य दामोदर रिजाल , जिल्ला सल्लाहकार संयोजक महादेव भट्ट , नगर का उपाध्यक्ष जीवन शाह,युबा संघ का नेता गणेश महरा लगाएत ले सहयोग गर्दै आएका थिए । उक्त समुह ले पनि मुल नेता को रूपमा जिल्ला मा रण बहादुर चन्द , केन्द्र मा लेखराज भट्ट , प्रदेश मा दामोदर भण्डारीलाई मान्दै आएको छ ।
यता अर्को गुट को नेतृत्व प्रदेश कमिटी सदस्य हरि सिं साउँद ले गरिरहेका छन् । साउँद टिममा नगर अध्यक्ष गोकर्ण भट्ट , जिल्ला कमिटी सदस्य हितेश ओझा , गणेश जिमि साउँद, शर्मानन्द भट्ट , युबा नेता बालकृष्ण प्रसाईं , प्रदेश कमिटी सदस्य खम्ब बुढा, राम प्रसाद चौधरी , चक्र बोहरा लगाएतका छन् । उक्त समूह को पनि मुल नेतृत्व लेखराज भट्ट नै रहेको बुझिएको छ ।
सुवेदी गुट
एमाले भित्र नै तत्कालीन उपाध्यक्ष भिमरावल निकट मानिएका निबर्तमान प्रदेश सांसद कृष्णराज सुवेदी को पनि सानो समूह छ ।
रावल समुहमा रहेका धेरै स्थानीय नेताहरू अलग अलग समूह मा बिभाजित हुँदा सो समूह कमजोर रहेको छ । यदपी आसन्न अधिबेशन मा उक्त समुहबाट नि प्रतिनिधि चयन हुनुपर्ने चर्को आवाज छ ।