कंचनपुर - शिशुलाई उखुबारीमा बाँधेर परपुरुषसंग भागेकी एक महिला पक्राउ परेकी छिन । शुक्रबार बिहानै नौं महिने शिशुलाई बेलौरी नगरपालिका ७ स्यालीखोला नजिकै उखुबारीमा हात बाँधेर पर पुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन ।
पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी शर्मिला चौधरी पक्राउ परेकी हुन । उनले यस अघि बेलौरीका अजय चौधरी र सुन्दर चौधरीसंग विवाह गरेकी थिईन ।
शर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान अजय चौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी शर्मिला शनिबार पक्राउ परेकी हुन ।
शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने शर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए ।
नौं महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा शर्मिला लाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा शर्मिला माथि आवश्यक अनुसन्धान भईरहेको छ ।’
शुक्रबार प्रहरीले मामा घरका हजुरआमा रामपती चौधरी लगायत आफन्तलाई शिशु जिम्मा लगाएको थियो । क्र्रूर अमानविय ढङगबाट ति महिलाले शिशुलाई उखुबारीमा हात बाँधेर फरार भइन् । बारीमा शिशु रुन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त घटनालाई समाजिक अभियन्ताहरुले मानवता नै हराएको संज्ञा दिएका छन । आफ्नै कोखबाट जन्मिएको बच्चालाई यसरी शिशुलाई अमानविय रुपमा उखुबारीमा छाडेर परपुरुषसंग भाग्ने महिलामाथि कानुनी कार्बाहीको माग अघि सारेका छन ।