डोटी - डोटीमा आज बिहान भएको बस दुर्घटना परि गम्भिर घाईते भएकी एक महिलाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बाजुरा तर्फ जाँदै गरेको ना ७ ख ६१८१ नम्वरको बस बिहान डोटीको शिखर नगरपालिका १ भागेश्वर मन्दिर नजिक दुर्घटना हुदा गम्भीर घाईते भएकी बाजुराको बाह्रबिसका ५१ वर्षीय नयाँ सेरेलाको मृत्यु भएको हो ।
गम्भिर घाईते भएकी उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते भएका अन्य ३३ जनाको डोटीका बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
बस दुर्घटनामा परि घाईते हुनेहरुमा कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी , महोत्तरीको वर्दिवासका २८ वर्षीय महेश कोईराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटीको सलेनाका ३० वर्षीय रेश्मा लुहार, डोटी बोगटानका २८ वर्षीय दुर्गा सिंह विडारी, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा, डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक, सलेनाकै २२ वर्षीया कल्पना विक, बोगटानकी बाटु नेपाली, डोटीकै ३७ वर्षीया मैना तिरुवा रहेका छन् ।
यस्तै कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई अछामका ३६ वर्षीय भीम बुढा, अछामकै ३१ वर्षीय यज्ञ स्वार, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, बाजुराकै २४ वर्षीया २४ वर्षीया धानादेवी विक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, २८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लालबहादुर साउद घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनका अनुसार घाईतेहरुको डोटीको जिल्ला अस्पताल , शैलेश्वरी अस्पताल, सुजङ अस्पताल र प्रहरी अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना पछि बस चालक फरार रहेका छन् ।