धनगढी - शनिवारदेखि धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको तयारी पुरा भएको छ । आयोजक संस्कार क्रिकेट एकेडेमीले खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै सवै तयारी सकिएको जनाएको छ । संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले सवै तयारी सकेर प्रतियोगिताको उद्घाटनको तयारीमा वसेको बताउनुभयो । उहाँले मैदान, पिच, सजावट लगायतका सवै काम सकिएको बताउँदै सहभागी टीमहरु पनि धनगढी पुगिसकेको र केही टीम खेल तालिका अनुसार धनगढी पुग्ने जानकारी दिनुभयो ।
शनिवारदेखि २६ गतेसम्म धनगढीकै संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाईएको छ ।
लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताउनुभयो । धनगढी क्रिकेटको सहर भइसकेपछि विद्यालय स्तरीय प्रतियोगिता हुन आवश्यक रहेको उहाँको भनाई छ ।
यस्तै प्रतियोगिताको पुर्व सन्ध्यामा प्रतियोगिताको चौथो संस्करणको ट्रफी पनि सार्वजनिक गरिएको छ । आज खेल मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य विक्रम विष्ट र क्रिकेट संघकै सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्नुभयो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य विक्रम विष्ट र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले यस्ता प्रतियोगिताहरूले नेपाली क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूलाई ठुलो सहयोग हुने बताउनुभयो । उहाँहरुले यो प्रतियोगितामा खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा यो प्रदेशको टीम बनाउन पनि मदत्त मिल्ने दावी गर्नुभयो ।
प्रतियोगितामा सहभागी हुने विद्यालयहरू
१. सत्यवती एकेडेमी अत्तरिया कैलाली
२. एविसी आवासीय बोर्डिङ स्कुल, नेपालगन्ज, बाँके
३. नोबेल एकेमडी, दोधारा चाँदनी, कंचनपुर
४. सरस्वती नमुना माध्यमिक विद्यालय, गेटा कैलाली
५. शारदा माध्यमिक विद्यालय धनगढी २ कैलाली
६. सैनिक आवासीय महा विद्यालय, तेघरी कैलाली
७. हिमालयन ह्वाईट हाउस वल्र्ड स्कुल, काठमाडौँ
८. भक्तपुर निष्ट स्कुल, भक्तपुर
९. लिटल बुद्ध एकेडेमी महेन्द्रनगर, कंचनपुर
१०. शारदा विद्या निकेतन बोर्डिङ हाई स्कुल, धनगढी ५ तारा नगर कैलाली
११. त्रिनगर माध्यमिक विद्यालय, धनगढी कैलाली
१२. लिटल फ्लावर बोर्डिङ हाई स्कुल, मिलन चोक धनगढी कैलाली