अत्तरिया- कैलालीको अत्तरियामा विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ११० औं जन्मजयन्ति मनाइएको छ । प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा आइतबार स्व. वीपी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण एवम् नेपाली साहित्यमा स्व.वीपी को योगदान, बिषयक बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको हो ।
उक्त गोष्ठी कार्यक्रम प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्व राष्ट्रिय सभा सदस्य हिरा दत्त भट्ट रहनु भएको थियो ।
त्यस्तै विशिष्ठ अतिथीमा पूर्व माननिय बिजय कुंवर, सुदूरपश्चिम साहित्य समाज कैलालीका अध्यक्ष तिर्जराज पाण्डेय, नेपाली साहित्य तथा संस्कृतीक प्रतिष्ठान गोदावरीका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ रहेका थिए ।
त्यसैगरी अतिथीहरुमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्ट, अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, अत्तरिया पतंजली योग समितिका अध्यक्ष दुर्गा प्रसाद प्रसाई, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज ओझा, नेपाल रेडक्रस सोसाइटी अत्तरियाका संस्थापक अध्यक्ष एवम् रेडक्रस कैलालीका जिल्ला कार्यसमिति सदस्य शेर सिंह खड्का, जनक शिक्षा सामाग्री कैलालीका पूर्व प्रमुख लिलाधर जोशी, राधाकृष्ण मन्दिर गोदावरीका अध्यक्ष डिल्लीराज खत्री, जेष्ठ नागरिक समाज अत्तरियाका अध्यक्ष चित्र कुमार भट्ट, अत्तरिया उद्योग बाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष कमल कडायत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बक्ताहरुले बिपीको बिचार आजको समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए ।
कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयका उपाध्यक्ष योगन्द्र प्रसाद हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पुस्तकालयका सदस्य हेमन्तराज जोशी ‘बाजे’ ले संचालन गरेका थिए ।