अत्तरिया- वि.सं. २०५६ साल कार्तिक २५ गते देवकोटा जयन्तीका अवसरमा श्री दुर्गालक्ष्मी उ.मा.वि. मा आयोजित साहित्यिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी तथा साहित्यकार श्री वामनप्रसाद न्यौपानेलाई आमन्त्रण गरियो। यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, स्थानीय समाजसेवी, शिक्षक र विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रजिअ न्यौपानेले सब तह र परिस्थितिका मानिसलार्इ शिक्षाप्रति सचेत गराउन विद्यालयले मात्र पर्याप्त नहुने हँदा एउटा सार्वजनिक पुस्तकालयको खाँचो पर्छ भन्नुभयो र तपाईहरुले उक्त कार्यक्रममा पहल गरे आफूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।’
सोही दिन कार्यक्रमको समापनसँगै पुस्तकालय स्थापनाका लागि शिक्षक कृष्णदत्त पनेरु ‘वञ्चित’ को संयोजकत्वमा विनोदकुमार भट्टराई, कुमारप्रसाद निरौला, दीर्घराज भट्ट, रामचन्द्र विनाडी, डम्वर बहादुर पाल सदस्य र गोपालप्रसाद घिमिरेसदस्य सचिव रहेको ७ सदस्यीय तदर्थ समिति गठन गरियो । अर्को वर्ष २०५७ असोज ३० गते जिल्ला प्रशासन कार्यालय कैलालीमा पुस्तकालय दर्ता गरियो । वि.सं. २०५७ मा स्थापित प्रतिभा पुस्तकालयको तीन वर्षे दुई कार्यकालसम्म अर्थात् वि.सं. २०६४ सम्म कृष्ण पनेरु ‘बञ्चित’ ले कार्यसमितिको अध्यक्ष पदमा रही काम गर्नुभयो ।
कठिन परिस्थितिमा कार्यसमितिको अध्यक्ष रहँदा उहाँको नेतृत्वले पुस्तकालयको कटेरो बनाई केही पुस्तकहरु संकलन गरी, राष्ट्रिय तथा स्थानीय दैनिक पत्रपत्रिकाहरु संकलन गरी पठनपाठनको अवसर दिने तथा जनचेतना जगाउने जस्ता कार्यहरु गर्ने प्रयास ग¥यो । यत्तिको कार्य गर्न पनि पुस्तकालयको आफ्नो कोष नरहेकाले स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेवी, कार्यसमितिका सदस्यबाट मासिक लेबी उठाई नियमित रुपले खर्च सञ्चालन गर्ने काम भयो ।
वि.सं. २०६४ मा सम्पन्न पुस्तकालयको साधारण सभाले नयाँ नेतृत्वका साथ पुस्तकालयलाई अगाडि बढाउने जमर्को ग¥यो । तीन वर्षे यस कार्यकालमा पुस्तकालयले अपेक्षित उपलब्धि हासिल गर्न सकेन । पुस्तकालयमा भएका पुस्तकहरुको संरक्षणसम्म नभएको देख्दा यहाँका आजीवन सदस्य, समाजसेवी, बुद्धिजीवीहरुको अनुरोधमा २०६८ बैशाखदेखि पुनः बञ्चितकै नेतृत्वमा कार्यसमितिको चयन गरियो । सोही वर्ष श्रीपञ्चमीको शुभअवसरमा अध्यक्ष बञ्चितकै हातबाट पुस्तकालय भवनको शिलान्यास गरियो । जतिबेला पुस्तकालयको बैंक खातामा नगदी एक लाख पचासहजार जति मात्र थियो ।
त्यसपछि यहाँका स्थानीय व्यापारी, समाजसेवी, शिक्षक, बुद्धिजीवी, विद्यार्थी, चन्दादाता तथा आम पुस्तकालयप्रेमीबाट सहयोग लिई तीन वर्षको कार्यकालमा दुईतले पक्की भवन बनाउन उहाँको नेतृत्व सफल भयो । त्यसपछि २०७१ मा सम्पन्न साधारण सभालेउहाँलार्इ सवर्स म्मत अध्यक्षमा चयन ग¥यो। यसरी चारपटक सोसंस्थाको ठ अध्यक्ष रहँदा संस्थालाई आफ्नै दुई तले व्यवस्थित भवनमा स्थापित गरी उहाँले स्वेच्छाले २०७५ को बैशाख महिनामा सम्पन्न साधारण सभाबाट नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नुभयो ।
पारिवारिक पृष्ठभूमि : पिता हरिदत्त पनेरु र माता कौशिल्या देवी पनेरुका तेस्रो सन्तानका रुपमा कृष्ण पनेरु ‘वञ्चित’को जन्म वि.स. १९९८ साल मंसिर २० गते षष्ठी तिथि शुक्रवार तदनुसार ई.स.१९४१ डिसेम्बर २ तारिखमा अजेयमेरु गा.वि.स. वडा नं ५ सिम भन्ने गाउँमा भएको थियो । यिनकी दुईवटा दिदीहरु क्रमशः विस्ना देवी पाण्डेय र जमुनादेवी पाण्डेय हुन् । यिनका बाजे गंगाराम पनेरु आफ्नो समयका प्रख्यात ज्योतिष थिए भने बुवा हरिदत्त पनेरुले द्वितीय विश्वयुद्धमा अङ्ग्रेज सेनाको तर्फबाट बर्मामा युद्ध लडेका थिए । ‘वञ्चित’ को न्वारनको नाम केशवराज पनेरु भए तापनि नागरिकता र शैक्षिक योग्यताका प्रमाण पत्रहरुमा रहेको नाम कृष्णदत्त पनेरु हो । त्यस्तै उहाँको साहित्यिक नाम कृष्ण पनेरु ‘वञ्चित’ हो ।
कृष्ण पनेरु ‘वञ्चित’का पुर्खाहरु राजा नागी मल्लका राज पुरोहित थिए । नागी मल्लकालीन प्राचीन शिलालेख र ताम्रपत्रहरुमा ‘लिखित साँक्षी जैदास पनेरु अन्यथा नास्ती’ भन्ने शब्द उल्लेख गरिएको पाइएको छ । जसले गर्दा उहाँका वंशजहरु यस क्षेत्रमा करिव ८०० वर्ष अघिदेखि नैबसोबास गर्दै आइरहको थिए भन्ने पुष्टि गर्दछ ।
‘वञ्चित’ को जन्म कौडिन्य गोत्रीय उपाध्याय बा्रह्मण परिवार भएको हो । बाह्रौ शताब्दी तिर उहाँका पुर्खाहरु दक्षिण भारतको द्रविण देशबाट पलायन हुदै यहाँ आएका थिए भन्ने किंवदन्ती छ । त्यतिबेला भारतमा मुसलवान शासकहरु जबरजस्ती धर्मान्तरण गर्ने कु–कृत्य गरिरहेका थिए । त्यहाँ मुसलवान धर्म अङ्गीकार नगर्नेलाई मार्दै र उनीहरुको धन सम्पत्ती, स्त्री, सन्तान सबै हरण गर्ने अभियान चलेको थियो । यसरी यस्तो घोर अन्याय र अत्याचारबाट पीडित भएर आफ्नो सनातन धर्म र ज्यान जोगाउन धेरै मानिसहरु यस दुर्गम हिमालय क्षेत्रतिर पलायन भएका थिए ।
पलायन हनु े क्रममा कृष्ण पनेरु ‘वञ्चित’ का पुर्खाहरु भारत उत्तराञ्चल राज्यमा पर्ने कुमाउँमा आएर बसे । त्यहाँबाट डोटी जिल्लाको जैसेरा भन्ने ठाउँमा आएर बसे । कालान्तरमा त्यहाँबाट गुनपाल, रजोडा, सिम, बुणाली आदि ठाउँमा आफ्नो सुविधा अनुसार छरिएर बसे । बाइसे राजा नागी मल्ल ठाकुरका राज पुरोहित यिनै पनेरुहरु थिए । राजा नागी मल्लले नै यिनीहरुलाई डडेल्धुरा जिल्लामा पर्ने सिम भन्ने गाउँमा बस्न स्थान दिएका थिए भन्ने कुरा लोक जनमानसमा भन्नेगरिन्छ ।
बाल्यकाल : बञ्चितको बाल्यकाल डडेल्धुराको सिम गाउँमै बित्यो । नेपालमा राणा शासन समाप्ती हुँदा उहाँको उमेर मात्र ६ वर्ष को थियो । राणा शासनले गर्दा विद्यालयहरु कहिँ पनि खुलेका थिएनन् । उहाँकी दुबै दिदीहरुको ६÷७ वर्षकै बाल्यकालमा बिहे भएको थियो । घरको कमजोर आर्थिक अवस्थाका कारण बुवा हरिदत्त पनेरु गोर्खा पल्टनमा जागिरे भए । द्वितीय विश्व युद्ध हुँदा उहाँले बर्मा सम्म पुग्नु भएको थियो भन्ने कुरा वञ्तिच बताउनु हुन्छ । त्यसैले गर्दा घरमा उनी र उनकी आमा एक्लै रहे। ८ वर्ष को उमेरदेखि नै उहाँले घरकोसबै काममा आमालाई सघाउँनु परेको थियो ।
दिउँसो गाई चराउन वनमा जानु पर्दथ्यो । कहिलेकाहीँ चाडपर्वमा दिदीहरु घर आउँदा उहाँलाई निकै खुसी लाग्दथ्यो । नजिकमा विद्यालय नहुँदा पढ्ने लेख्ने उमेरमा कहिलेकाहीँ साथीहरुसँग माछा मार्दै, साथीहरुसँग खेल्दै, खोलामा पौडी खेल्दै, डण्डीबियोआदि खल्ेदै आफ्नो बाल्यकाल बितेका कुरा कवि बञ्चित स्मरण गर्नुहुन्छ ।
शिक्षा–दिक्षा : वञ्चितको अक्षरारम्भ २००७ सालमा आफ्नै घरमा भएको थियो । उहाँका ठूलाबुवा मन्धिर पनेरुले पत्थरको सिलटमा साउँ अक्षर लेख्न सिकाएका थिए । उनी ११÷१२ वर्ष उमेरका हुँदा सप्तसती र रामायण राम्ररी पढ्न सक्ने भइसकेका थिए । वि.स.२०१० सालमा यिनको उमेर १२ वर्षको हुँदा यिनका काका राधाकृष्ण पनेरुले ‘वञ्चित’ को ब्रतबन्ध गर्दै गायत्री मन्त्र सुनाएका थिए । वञ्चित १२ वर्षका हुँदा यिनका बुवा एक जना भरिया लिएर बर्माको रंङ्गुनबाट केही भारतीय रुपैयाँ, र नयाँ लुगा लिएर घरमा आए । उहाँ केही दिन घरमा बसे र फेरि उतै फर्किए ।
यसरी नयाँ लुगा लगाउन पाएको क्षण अत्यन्तै आनन्ददायी रहेको कुरा वञ्चित बताउँछन् । १८ वर्षको उमेर पुग्दापुग्दै वञ्चितले कर्मकाण्डसम्बन्धी पुस्तकहरु, ज्योतिष शास्त्रका पुस्तकहरु, सतचण्डी, रुद्री, अमरकोष, दुना–ढैया, जोड–घटाउ, भाग आदि राम्ररी सिकिसकेका थिए । त्यतिबेला २०१७ सालतिर भारतको हरिद्वार, ऋषिकेशमा पढ्ने उहाँका चिनजानका केही साथीहरुसँंग वञ्चितको भेटघाट भयो । उनीहरु भारतको ऋषिकेशमा संस्कृत शिक्षा पढिरहके ा थिए । वञ्चितलार्इ पनि संस्कृत पढ्न मन लाग्यो । उनीहरुबाट प्रेरित भएर आफ्ना आमा–बवुाको सम्मतिमा विवाह भएको चारवर्ष पछि २०१९ साल जेठ महिनामा बुवाबाट २०० रुपैयाँ बाटो खर्च नगद र बाटोको अन्य आवश्यक सामान बोकेर उनी मदनराज पन्त, टेकराज पन्त, कृष्ण दत्त अवस्थी, भानदेव जोशी लगायतका साथीहरुसँग बडो उत्साहका साथ ऋषिकेशतिर लागे ।
२०१९ साल असार महिनामा उनी ‘भरत संस्कृत महाविद्यालय’ ऋषिकेशमा प्रवेशिकामा अथवा कक्षा ७ मा भर्ना भए । द्ध एक वर्ष त्यहाँ अध्ययन गरिसकेपछि त्यसपछि २०२० सालमा उहाँ ‘मुनिश्वर वेदवेदाङ्ग महाविद्यालय’ ऋषिकेशमा भर्ना भए । त्यहाँबाट संस्कृत विषय लिएर प्रथमा अथवा कक्षा ८ पास गरे । त्यसपछि भारत उत्तराञ्चल राज्यको जिल्ला लखीमपुर जिल्लामा पर्ने पिलिभित शहरमा ‘दुग्धेश्वर महाविद्यालय’बाट २०२१ सालमा मुख्य विषय व्याकरण लिई पूर्वमध्यमा प्रथम वर्षमा भर्ना भए । उहाँ त्यसै विद्यालयबाट पूर्वमध्यमा प्रथम श्रेणीमा उत्तीर्ण भए । त्यसै विद्यालयमा उत्तरमध्यमा तहमा अध्ययन गर्दागर्दै घर परिस्थितिले साथ नदिँदा परीक्षा दिन नपाउँदै उहाँले घर आउनु प¥यो ।
विवाह एवम् सन्तान : बञ्चित १७ वर्ष उमेका हुँदा वि.सं २०१५ साल फागुन महिनामा डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वार्ड नं ७ मा पर्ने जिलोडा गाउँ निवासी स्व.नागेन्द्र पाठककी १२ वर्षीय तृतीय सुपुत्री मनोदरी कुमारी पाठकसँग बञ्चित बैवाहिक सम्बन्धमा बाँधिनु भयो ।
विद्यालय नभएकाले त्यतिबलो केटीहरु निरक्षर नै हुन्थे । त्यसैले मनोदरीले पनि लेख्नेपढ्ने अवसर पाइनन् । उहाँ सामान्य साक्षर मात्रै छन् । कृष्ण पनेरु वञ्चितका तीन वटा सन्तान मध्ये दुइटी छोरीहरु र एउटा छोरा छन् ।
उहाँका जेठा सन्तान चित्रराज पनेरुले स्नातक सम्मकोपढाइ सकेर हाल काठमाण्डौमा व्यापार गरिरहको छन् । उहाँकी छोरीहरु कान्ति पनेरु ‘ओझा’ र पुष्पा पनेरु ‘भट्ट’ हनु ।
कैलालीमा बसाइँ सराइँ र शिक्षण पेसाको सुरुवात : कृष्ण पनेरु ‘वञ्चित’ को जन्म मध्यमवर्गीय परिवारमा भएको थियो । उहाँको ठाउँ आकासे खेतीमा भर पर्ने भएकाले उहाँको परिवारले धेरैपटक अनिकालको दुःख महसुस गरि सकेको थियो । उहाँले पूर्वमध्यमाको पढाइसकेपछि २०२५ सालमा घरभन्दा केहि टाढा पर्ने मणिलेक प्राइमरी स्कूलमा मासिक रु. ४० पाउने गरी शिक्षक पदमा कार्यरत भए ।
त्यहाँ उहाँले डेढ वर्ष अध्यापन गर्दा अङ्ग्रेजी विषय पढाउनुपर्ने भएको हुँदा उहाँलाई अलि असजिलो भयो । त्यसैले उनी त्यो स्कूल छोडेर पुनः पिलिभित गए । त्यहाँ पुरान ै दुग्धश्े वर महाविद्यालयमा पूर्व मध्यमासँग दिनु पर्ने अतिरिक्त विषय अंग्रेजीको फाराम भरी परीक्षा दिर्इ सफलता प्राप्त गरे । २०२७ सालमा उहाँ आफ्नो घरदेखि केहि नजिक पर्ने भद्रपुर प्राइमरी स्कूलमा सहायक शिक्षकमा भर्ना भए । केहि महिनापछि सरकारी निकायबाट कार्यरत शिक्षकहरुलाई रजिस्टर्ड गर्ने नीति नियम अनुरुप मासिक छ रु. ८० पाउने गरी उहाँ प्रधानाध्यापकमा नियुक्त भए ।
त्यहाँ २०२९ साल चैत्र महिना सम्म प्र.अ.पदमा रही काम गर्दा गर्दै सञ्चालक समितिसँग मतभेद हँुदा राजिनामा दिए । वि.स.२०३० सालमा वञ्चित आफ्नी दिदी विस्ना पाण्डेयसँग भेटघाट गर्न कैलालीको अत्तरियामा आए । उतिबेला अत्तरिया क्षेत्रमा कुनै पनि स्कुल थिएनन् । २०३० साल भाद्र ४ गते वाल दिवसको उपलक्ष्यमा जय प्रकाश पाण्डये लगायतका स्थानीय बासीहरुले एउटा स्कुल खोल्ने योजना बनाए । स्कुलको नाम दुर्गालक्ष्मी राष्ट्रिय प्रा.वि.राख्ने निर्णयका साथै उहाँलाई मासिक रु. ७० पाउने गरी हालको दुर्गालक्ष्मी नमुना मा.वि.मा संस्थापक प्र.अ.नियुक्त गरियो ।
त्यतिबेला लो प्राइमरी र अपर प्राइमरीको अवधारणा थियो । लो प्राइमरी कक्षा ३ सम्म र अपर प्राइमरी कक्षा ५ सम्म हुने गर्दथ्यो । त्यसैले सरस्वती अपर प्राइमरी राष्ट्रिय स्कूल गेटा, कैलालीको शाखाको रुपमा यस स्कूललाई संञ्चालन गरियो । प्रत्येक महिना मासिक प्रतिबेदन शाखाको रुपमा जिल्ला शिक्षा कार्यालय धनगढीलाई बुझाउनु पर्दथ्यो । २०३२ सालसम्म उहाँले त्यहाँ अध्यापन कार्य गर्नुभयो । तत्कालीन जिल्ला शिक्षा अधिकारी कविराज अर्यालले स्कूलको आर्थि क समस्या बभु mी २०३२ साल फागुन ११ गते कृष्ण दत्त पनेरुलार्इ गेटा स्थित सरस्वती अपर प्राइमरी स्कूलको नियुक्ति दिएर काजमा दुर्गालक्ष्मी लो प्राइमरीमा पठाए ।
त्यतिबेला उहाँले पाउने सरकारी बेतन मासिक रु. २०१.५० थियो । त्यो काज २०३३ साल चैत्र सम्म कायम रह्यो । काज फिर्ता भएपछि २०३४ सालबाट उहाँ कैलालीको गेटामा पर्ने सरस्वती मा.वि.मा फिर्ता भए । त्यसै विद्यालयमा कक्षा ८ सम्मका विद्यार्थीहरुलाई नेपाली विषय पढाउदै विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गर्दै गराउदै २०५४ सालसम्म त्यहाँ कार्य रत रहे । त्यसपछि त्यहाँबाट सरुवा भर्इ २०५५ सालमा दुर्गालक्ष्मी मा.वि. अत्तरियामा स्थानान्तरित भए । त्यहाँ २०६४ साल कार्तिक महिनासम्म अध्यापन गरे । त्यसपछि त्यहि बाट ै उमेरहदका कारण उहाँ अनिवार्य सेवानिबत्तृ भए । आफ्नो जीवनकालमा उहाँले कुल ४० वर्ष शिक्षकका रुपमा बिताउनु भएको पाइन्छ ।
कृष्ण पनेरु वञ्चितले विभिन्न संघ–संस्थाहरुलाई प्रदान गरेको सहयोगको विवरण : १ रु. २,१६,२००÷– गो.न.पा.१ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको भवन निर्माणार्थ । १ रु. १,१८, ०००÷– श्री दुर्गा लक्ष्मी नमूना मा.वि. गो.न.पा. २ अत्तरियालार्इ अक्षयकोष स्थापनार्थ । २ रु. ५० , ०००÷– अजये मेरु गा.पा. वडा नं रोल्ली स्थित २ अजये मेरु आधारभूत विद्यलाय लाई अक्षयकोष स्थापनार्थ ।
३ रु. ५१,०००÷– गो.न.पा. ८ श्रीपुर स्थित आइ.टी.कलेज श्रीपुरलाई सहयोग स्वरुप । ४ रु. १५,०००÷– बरावको स्टिल दराज श्री घण्टेश्वर मा.वि. गो.न.पा. १ अत्तरियालाई । ५ रु. १५, ०००÷– बरावकोस्टिल दराज अजेयमेरु गा.पा. डडले धुरा जिल्लामा पर्ने श्री सहस्त्रलिंङ्ग मा.वि. लाई ।
पुरस्कार एबम् सम्मान : गोदावरी नगरपालिका २, अत्तरिया, कैलाली ३४ औं प्रजातन्त्र दिवसमा आयोजित साहित्यिक गोष्ठीमा सान्त्वना पुरस्कार २०४०÷११÷२६ कैलाली जनपुस्तकालयद्वारा आयोजित कवि गोष्ठीमा प्रथम पुरस्कार २०४४÷०३÷२९ धनगढी जेसिसद्वारा कवि गोष्ठीमा प्रथम पुरस्कार २०४५ सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा कदर पत्र २०५१ जिल्ला शिक्षा समिति कैलालीद्वारा कदर पत्र एवं पुरस्कृत २०५४÷११÷१२ द रेयुकाई नेपाल धनगढी उपशाखाद्वारा सम्मान पत्र २०५९ श्री दुर्गालक्ष्मी उ.मा.वि. द्वारा कदर पत्र २०६२ नवरत्न साहित्य साधना सम्मान २०६२ कैलाली जनपुस्तकालय धनगढीद्वारा पुरस्कृत एवं अभिनन्दन २०७०÷१०÷२१ पुरस्कार तथा सम्मान ः ढ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्य समिति,
कैलालीद्वारा सम्मान पत्र २०६४÷०८÷२१ नेपाल जेसिस ३४ औं राष्ट्रिय महाधिवेशन धनगढी कैलालीद्वारा सम्मान पत्र २०६४÷०९÷०६ नेपाल विद्यार्थी सङ्घ अत्तरिया, कैलालीद्वारा सम्मान पत्र २०६८ आदर्श सेवा समाज कैलालीद्वारा अभिनन्दन पत्र २०६८ सत्यवती एकेडेमी अत्तरिया, कैलालीद्वारा सम्मान पत्र २०६९ आदिकवि भानुभक्त आचार्य द्विसतवार्षिकी सम्मान पत्र २०७१ नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयद्वारा भानुभक्त पुरस्कार २०७१÷०३÷१३ ज्ञान ज्योति मा.वि. द्वारा कदर पत्र २०७२÷११÷२५ खप्तड विद्या निकेतनद्वारा सम्मान पत्र
२०७२÷११÷२६ अत्तरिया जेसिसद्वारा सम्मान पत्र २०७२÷१२÷३० नेपाल सांस्कृतिक सङ्घ जिल्ला कार्यसमिति कैलालीद्वारा अभिनन्दन पत्र २०१०÷०२ श्री अजयमेरु आधारभूत विद्यालय अजयमेरु–२, रोल्ली, डडेल्धरुाद्वारा सम्मान पत्र २०७४÷०२÷२३ विद्यार्थी साहित्य प्रतिष्ठान, कैलाली बहुमुखी क्याम्पस, धनगढी कैलालीद्वारा सम्मान पत्र २०७४÷०७÷२७ सामुदायिक रेडियो शक्ुलाफाँटा एफ.एम. ९९.४ मेगाहर्ज कञ्चनपुरद्वारा सम्मान पत्र
प्रकाशित कृतिहरु
२०७४÷०९÷१५ ‘बिसौनी’ (२०६०) रचना सङ्ग्रह ‘बल्झेर घाउ फेरि’ (२०६५) गजल सङ्ग्रह ‘वेदना’ एल्बम (२०६८) आधुनिक गीत र गजल सँगालो ‘उछाल’ (२०७४) कविता सङ्ग्रह ‘छरिएका कथा व्यथा’ (२०७४) लोकगीतको सँगालो प्रकाशित कृतिहरु ः ‘डोट्याली उखानको पातो’ (२०७४) विविध पत्र–पत्रिकामा फुटकर कविताहरू नाटिका सङ्ग्रह, महाभारत सूक्ति सङ्कलन
सम्बद्ध
सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढी आजीवन सदस्य प्रतिभा पुस्तकालय अत्तरिया कैलाली संस्थापक आजीवन सदस्य एवं कार्यकारी अध्यक्ष (२०५७ देखि २०६४ असोजसम्म, २०६८ बैशाखदेखि २०७४ चैत्रसम्म) श्री सरस्वती उ.मा.वि. गेटा कैलाली संस्थापक तथा आजीवन सदस्य । सुदूर पश्चिमाञ्चल गजल मञ्च संस्थापक उपाध्यक्ष तथा आजीवन सदस्य । कैलाली जनपुस्तकालय आजीवन सदस्य । महाकाली साहित्य सङ्गम आजीवन सदस्य । श्री दुर्गालक्ष्मी उ.मा.वि. अत्तरिया संस्थापक प्र.अ. तथा आजीवन सदस्य । सामुदायिक अध्ययन केन्द्र अत्तरिया संस्थापक अध्यक्ष तथा आजीवन सदस्य । एभरेष्ट मल्टिपल कलेज अत्तरिया संस्थापक अध्यक्ष (२०६२ असोजदेखि २०६६ असोजसम्म) कैलाली जनपुस्तकालय, धनगढीद्वारा सल्लाहकार समितिमा मनोनित सदस्य २०७३ श्री प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाद्वारा सल्लाहकार समितिको संयोजकमा मनोनित