काठमाडौँ - नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले डीएसपीहरुको सरुवा गरेका हुन् ।
केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् । प्रहरी वृत्त महाराजगञ्जमा अमरबहादुर थापा क्षेत्रीलाई सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए । प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ ।
प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र सङ्खुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् ।
ईलाका प्रहरी कार्यालय इटहरीमा टेक बहादुर कार्कीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरत बहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीन बहादुर घलेलाई सरुवा गरिएको छ । भोजपुरमा सुदीप राज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।
त्यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय अत्तरिया मा कार्यरत प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कंचनपुरको मानवस्रोत व्यबस्थापन शाखामा सरुवा गरिएको छ भने उनको ठाउमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत अनिल कुमार उप्रेतीलाई खटाइयको छ ।