अत्तरिया - कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ३ बाट अन्दाजी रु ५४,०००।– बराबरको लेडिज सुट,अचार,चिनी,गुट्खा,पास्ता, लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी शुक्रवार राती नियन्त्रणमा लिएको जनाएको छ ।
उता कंचनपुरको बेलौरी नपा ६ बैसाखा र भिमदत्त न.पा.४ भाषीबाट अबैध भन्सार छलीगरि ल्याएका समान बरामद गरिएको छ । अन्दाजी रू रु.६५,०००।– बराबरको माछा, खेलौना, युरिया, चिनी, दाल, सुर्ती, चप्पल लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी शुक्रवार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका माछा स्थानिय जनप्रतिनिधि, स्थानिय पत्रकार, सामाजसेवीहरु र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको साँक्षि रोहवरमा नष्ट गरिएको प्रहरिले जनाएको छ ।
त्यस्तै कंचनपुरकै कृष्णपुर न.पा. २ बाणिबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु एक लाख चौरासी हजार नौ सय बराबरको चिनी, सलाई, छोहरा लगायतका सामानका साथै चालक सहित ट्रकलाई शुक्रवार साँझतिर सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।