अत्तरिया -तिहारको अन्तिमा दिन आज भाईटिका । सबैले आफ्ना दिदीबहिनीहरुको हातबाट टिका थापेका छन ।नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको साइत मंगलबार बिहान ११:५५ मा उत्तम रहेको थियो ।
दिदीबहिनी र दाजुभाईबीचको सम्बन्ध थप प्रगाढ बनाइने पारिवारिक जीवनलाई थप उचाइमा पुर्याउने, देउसी भैलोमार्फत सांस्कृतिक महत्व दर्शाउने र गाई, गोरु, काग तथा कुकुर पूजामार्फत मानव र जीवजन्तुबीचको सम्बन्ध उजागर गर्ने तिहारको प्रमुख विशेषता हो ।
हिन्दू धर्मशास्त्रअनुसार ‘मृत्यु लोक’का राजा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गइ पाँच दिनसम्म बसेको अवसरमा यमपञ्चक मनाइने गरिन्छ ।
पाँच दिनसम्म यमुनाको घरमा बस्दा बहिनीको व्यवहारले खुसी भई इच्छाएको वर माग भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन तपाईंलाई भेट्न पाउँ’ भनेको धार्मिक कथन ।
यमुनाले यमराजसँग वर माग्दा दाजु—बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु कीर्ति सदैव वृद्धि होस् भन्ने आफ्नो इच्छा रहेको सुनाएको बताइन्छ ।
यस्तै रास्ट्रपती ,उपराष्ट्रपती, प्रधानमन्त्री लगाएत अन्य शिर्श नेताहरुले पनि तिहारको टिका थापेका छन् ।
यता सुदुरपश्चिम प्रदेशका शिर्श नेताहरु, प्रदेशका मन्त्रीहरु र अन्य जनप्रतिनिधीहरुले पनि दीदीबहिनीको हातको टिका थापेका तस्बिरहरु सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।
तस्बिरमा हेर्नुस्:-