अत्तरिया- कैलालीको अत्तरियामा समृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबारबाट शुरु भएको छ ।
गोदावरि चेम्बर अफ कर्मस का अध्यक्ष बिनोद मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी नरपालीकाका नगर प्रमुख हरि सिह साँउद प्रमुख अतिथी रहनु भएको थियो भने बिसिष्ट अतिथी उपप्रमुख रत्ना कडायत रहनु भएको थियो ।
गोदावरी चेम्बर अफ कमर्सको आयोजनामा भएको कार्यक्रममा एभरेष्ट एकेडेमी, कैलाली अस्पताल, बुद्ध डेण्टल, पदमा अस्पताल, कैनोडा आईएमई सेन्टर, मनाङ्ग बचत तथा ऋण सहकारी लगायत संस्थाहरु सहयोगी रहेका छन भने गोदावरी नगरपालीकाले सहकार्य गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख साउंदले बोल्दै गोदावरी नगरपालीकाको प्रमुख उद्येश्य भनेको नगरको विकास गर्ने रहेको बताउनु भयो । उहाँले नगरपालीका ले नगरको बिकास गर्नका लागी बिभिन्न कार्यक्रम ल्यायको बताउनु भयो ।
नगरबासी ले विभिन्न कठिन परिस्थीतीमा पनि समाजमा कसरी काम गर्ने तेता तिर दृढ भएर लाग्न आवश्यक रहेको बताउनु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख कडायतले ग्रीन गोदावरी र क्लीन गोदावरि बनाउने अभियानले गोदावरि नगपालीकाको बिकास निर्माणमा टेवा पुग्ने बताउनु भयो ।
उहाँले यो अभियानमा साथ दिनका लागी नगरपालीका तयार रहेको बताउनु भयो । आज बाट सञ्चालन भएको प्रशीक्षण कार्यक्रम यहि चैत्र ३ गते सम्म सञ्चालन हुने आयोजक ले जानकारी दिएको छ । अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा गोदावरी नगरपालीकाभित्र रहेका उद्योगी ब्यापारीहरुको सहभागीता रहेको छ ।