अत्तरिया - कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।
आइतबार र सोमबार गरी करीब ११ लाख ४९ हजार १ सय ७५ मुल्य बराबरका अबैध भन्सार छलीगरि ल्याएका समान बरामद गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका ७ मनेहराबाट अन्दाजी रु.७,९९,८७५।–बराबरको टि-सर्ट, साडी, कुर्ती, सुट, तौलिया, भेष्ट, गंजी लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आइतबार दिउसो नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै आइतबार राती धनगढी उप-महानगरपालिका- २ चौराहाबाट अन्दाजी रु.२२,२००।– बराबरको सुर्ती, प्लाष्टिक झिल्ली, चक्लेट, स्याम्पु लगायतका सामानहरु प्रहरिले बरामद गरेको हो ।
त्यसैगरी सोमवार बिहान धनगढी उप-महानगरपालिका -३ बडराबाट अन्दाजी रू २०,०००।– बराबरको लेडिज सुट, सुर्ति लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
उता कंचनपुरको भिमदत्त न.पा.६ सुकासाल,र बेलौरी न.पा.-६ बैशाखाबाट अबैध भन्सार छलीगरि ल्याएका समान बरामद गरिएको छ । अन्दाजी रू १,२८,२००।– बराबरको लेडिज जुता, नरिवल,मैदा,पास्ता लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आईतवार नियन्त्रणमा लिएको हो ।
त्यस्तै कंचनपुरकै पुनर्वास न.पा.११ स्थित मोहना नदिको नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु. १,७८,९०० ।- बराबरको लेडिज सुट, भाईरल साडी, धोती, कुर्ती लगायतका सामानहरु सोमवार बिहान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।