धनगढी - नेकपा एमालेका महासचिब शंकर पोखरेलले नागरिक उन्मुक्ती पार्टी बिना भिजन र मिसन भएको पार्टी भएको दाबी गरेका छन ।
एमाले कैलालीद्वारा आयोजित अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती थारुको पार्टी भन्छन खै थारुका लागी काम गरेको कुनै एउटा काम छ उनले भने “काम जती एमालेले गर्ने अनी थारुको पाटी भन्दै ठग्न पाइन्छ, थारुको उत्थानका लागी सबै एमाले नेतृत्वमा काम भएका छन्, कुनै जातका नाममा जनतालाई ठगेर राजनिति अगाडी बढ्दैन त्यो सिमित समयका लागी हो, तपाइहरु ढुक्क हुनुहोस सबै जातजाती, लिगंका लागी काम गर्ने एमाले बाहेक कुनै पाटी छैन ।”
एमाले कै नेतृत्वमा थारुहरुको हकहित स्थापित भएको समेत उनको दाबी छ । उनले संघिय संरचना देश हुँदा पनि माओबादीले जातिय राज्य को मात्रै कुरा गर्ने तर सबै जाती जनजातीका नेताहरुलाई स्थापित गर्ने काम एमालेले मात्रै गरेको गरेको जिकिर गरे।
पोखरेलले सुनकाण्ड बारे उच्च स्तरिय छानबिन समिति गठन नहुँदासम्म एमालेको बिरोध रहिरहने बताएका छन् । सरकार आफै सुन प्रकरणमा संलग्न भएको पुष्टी हुन लागेकाले उच्च स्तरिय छानबिन आवश्यक रहेको बताएका हुन् । महासचिव पोखरेलले सरकारको नेतृत्व कर्ता माओवादी केन्द्र र नेपाली काग्रेंसका समेत नेताहरु सुन प्रकरणमा फस्ने देखिएपछि सरकार उच्च स्तरिय छानबिन समिति बनाउन अनिच्छुक रहेको दावी गरे ।
सुनकाण्डमा मुछिएका माओवादी नेतालाई सोधपुछ समेत गरिएको छैन अनी यहि हो निस्पक्ष अनुसन्धान पोखरेलले प्रश्न गरे “सुनमा त्यस्तै, भुटानी सरणार्थी प्रकरणमा अरु संग जोडिएका धमाधम कार्वाहीमा छन्, गठबन्धनमा रहेका नेताहरका कल रेकर्ड आउँदापनि उनिहरुमाथी अनुसन्धान हुँदैन, ललिता निवास प्रकरणमा मन्त्रीपरिषदबाट निर्णय गर्नेहरुलाई अनुसन्धानको दायरामा ल्याइदैन, अनी यो सरकारले तस्करी, भ्रस्टाचारी जोगाउन नखोजेर के खोजेको हो ।”
महासचिव पोखरेलले देशको आर्थिक संकट हटाएर सम्बृद्धी ल्याउने पार्टी एमाले मात्रै भएका कारण २०८४ मा एकल सरकार बनाउने गरी लाग्न कार्यक्रताहरुलाई निर्देशन दिए ।