काठमाडौँ – शनिवार रातिदेखि देशभरका नदीको जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवार र आइतवार कोशी, कन्काई, कमला र बागमतीका सहायक नदीमा जलसतह सतर्कता तहमा पुग्नसक्ने महाशाखाको पूर्वानुमान छ । आइतवार र सोमवार बबई, पश्चिम राप्ती, कर्णाली, महाकालीका सहायक नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज (बिहीवार) र भोलि (शुक्रवार) भने देशका प्रमुख नदीमा जलसतह केही बढ्ने पूर्वानुमान रहेको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई र यसका सहायक नदीमा जलसतह केही बढ्ने महाशाखाले जनाएको छ । \
आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको छ ।
यी क्षेत्रका नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।