अत्तरिया -नेपाली कांग्रेस कैलाली ले दुई नेताहरुलाई कार्बाही गरेपछि कांग्रेस कैलालीको राजनिती तरंगित बनेको छ । पार्टी सभापती नारायण दत्त भट्टले गोदावरीका युबा नेता लोकराज पाण्डे 'आगो' र चुरेका अगुवा नेता सुरत बहादुर कार्कीलाई कार्बाही गरेपछि टिकाटिपण्णी शुरु भएको हो ।
कार्की चुरेबाट क्ष्रेत्रिय प्रतिनिधी चयन भएका थिए भने आगो क्षेत्र नम्बर ४ का पूर्व सचिब हुन । यदपी दुबै जनाको बसोबास गोदावरीमा रहेको छ ।
समाजिक सन्जाल फेसबुकमा पनि उनिहरुलाई गरिएको कार्बाहीको चर्को आलोचना शुरु भएको छ । जिल्ला सभापती भट्टले ब्यक्तीगत रुपमा कार्य समितीमा सल्लाह नै नगरी कार्बाही गरिएको चर्चा समेत चल्न थालेको छ ।
कैलाली कांग्रेसका उप-सभापती भिम बडुवालले सामाजिक सन्जालमा लेखेका छन,'नेपाली कांग्रेस कैलालीका नाममा आएको यो निर्णयमा मेरो सहमती छैन।यो विषयमा म लगायत जिल्ला कार्यसमिति ,कार्यसम्पादन समिती र पदाधिकारी कसै सँग पनि सल्लाह भएको छैन।बिना सल्लाह ,बिना आधार,बिना प्रमाण र बिना तथ्य कसै सँग पुर्बाग्रह राखेर गरिने निर्णय पार्टीको निर्णय मानिने छैन।कार्बाही गरिदा अनुशासन समितिको पुर्ण सहमतिले गर्नु आवस्यक छ,साथै अभियुक्तलाइ आफ्नो प्रतिबाद गर्ने मौका पनि दिनुपर्दछ।यो कार्बाहिको सन्दर्भमा उनिहरु दुबैजनालाइ स्पस्टिकरण समेत सोधिएको छैन।आफ्नो स्पष्टीकरण राख्ने अबसर समेत दिइएको छैन। जिल्ला कार्यसमिति भित्र अनुशासन समिती पनि रहेको र त्यो समितिको सहमति पनि अनिबार्य रुपमा लिनुपर्ने सामान्यज्ञान पनि नराखी गरिएको कार्बाहिप्रती मेरो पुर्ण रुपमा असहमति रहेको जानकारि गराउदछु।अर्को एउटा कुरा के हो भने जिल्ला कमिटीलाई कार्बाही होइन कार्बाहिको सिफारिस गर्ने अधिकार मात्रै हो, त्यसकारण सो कार्बाही तत्काल फिर्ता लिन म अनुरोध गर्दछु।'
पाण्डे र कार्कीको कार्बाही प्रती गोदावरीमा पनि कांग्रेस भित्र असन्तुष्टी देखिएको छ । सामाजिक सन्जालमा यस क्षेत्रका कांग्रेस समर्थकहरुले कार्बाहीको बिरोध गरेका छन ।
आगोको कार्बाही किन ?
लोकराज पाण्डे 'आगो' कांग्रेस भित्र गगन थापा पक्षिय नेताका रुपमा चिनिने गर्दछन । कांग्रेसको आन्दोलनमा प्राय उनी अग्रपंतीमा नै हुने गर्दछन । पछिल्लो पटक उनले गेटामा विश्वबिधालय हुनुपर्ने माग गर्दै आन्दोलनको नेत्रित्व गर्दै आएका थिए । जुन कुरा उनको पार्टीका स्थानिय नेताहरुलाई पनि मन परेको थिएन ।
कांग्रेस पार्टी सहितको बर्तमान गठबन्धनको सरकारले गेटामा १०० बेडको अस्पताल प्रतिस्ठान मार्फत सन्चालन गर्ने घोषणा गरेपछि आगो कै अगुवाइमा आन्दोलन चर्किएको थियो । तर पार्टी सभापती भट्टलाई यो कुरा मन परेको थिएन । सभापती भट्ट भने पार्टी केन्द्र र सरकारको बचाउ गर्दै आएका थिए ।
यही मौका पारेर सभापती भट्टले पाण्डेलाई कार्बाही गरेको हुन सक्ने बुझिएको छ। सभापती भट्टलाई क्षेत्र नम्बर -४ का क्षेत्रिय सभापती बसन्त रोकाया र गोदावरीका मेयर बिरेन्द्र भट्ट लगाएत अन्य केही गोदावरी कै नेताहरुको साथ रहेको छ ।
कार्कीलाई किन कार्बाही ?
सुरत कार्की पनि कांग्रेस गोदावरी र चुरेमा स्थापित नेता हुन । कैलाली क्षेत्र नम्बर -४ मा त उनको ठुलो समुह नै सकृय रहेको छ । पछिल्लो कांग्रेसको वडा, नगर देखी जिल्ला अधिबेशनमा कार्की समुह गुट नै बनाएर आन्तरिक चुनाव लडेको थियो । उनको समुह अहिलेका जिल्ला सभापती भट्ट बिरुद्द खुलेर नै लागेको थियो ।
उक्त समुह जिल्ला अधिबेशनमा प्रकाश बमलाई सभापतीमा चुनाव जिताउन लबिङमा थियो । सोही बेलाको इगो कार्की माथि साँधेको बुझिएको छ । गोदावरीमा पनि मेयर बिरेन्द्र भट्ट र सुरत कार्कीको आ- आफ्नै समुह रहेको छ। भट्ट र कार्कीको पनि यँहा लामो समय देखी लडाई कांग्रेस भित्र हुँदै आएको छ।
यदपी कार्कीलाई पठाएको पत्रमा सभापती भट्टले पार्टी गतीबिधी बिरुद्द लागेको भन्ने आरोप लगाएका छन । कार्की निकट नेताहरुले भने सभापतीले ब्यक्तीगत इगो र गोदावरी कै केही नेताहरुको उक्साटमा लागेर कार्बाही गरेको बताएका छन । कार्कीले भने यसबारेमा थप केही बताएका छैनन ।