हेमराज भट्ट , काठमाडौं - काठमाडौंमा डेउडा साँस्कृतिक साँझको आयोजना गरिएको छ । ‘नेपालीहरुको गौरबपूर्ण शान, कला र संस्कृति हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ भरखरै काठमाडौंमा स्थापना भएको सांस्कृति समाज नेपालले आगामी भदौ ४ गते स्रष्टा अभिनन्दन तथा डेउडा साँस्कृतिक साँझ २०८० को आयोजना गरेको हो ।
पूर्व मेची देखी पश्चिम महाकाली सम्मको मौलिक कला र संस्कृतीको संरक्षण एवम् सम्बद्धन गर्ने उद्देश्य बोकेको सांस्कृतिक समाज नेपालले पहिलो पटक गौराको अबसरमा आयोजना गर्न लागेको यस कार्यक्रमलाई निकै महत्वका साथ हेरिएको छ । अहिले समाजले सो कार्यक्रमलाई भब्य र सव्य रुपमा सम्पन्न गर्नका लागि तयारी तिव्र बनाएको छ ।
डेउडाका पारखीहरुलाई मध्यनजर गदै देशकै राजधानीमा हुन लागेको कार्यक्रमलाई सफल बनाउनका लागि तयारी तिव्र बनाइएको समाजका अध्यक्ष रामप्रसाद अबस्थीले जानकारी दिए । अहिले सम्म कार्यक्रमको ७० प्रतिशत तयारी पुरा भैसकेको उनले बताए ।
"हामीले यस कार्यक्रमलाई निकै महत्वको साथ हेरेका छौं , हामीले ४ गते काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दै छौं यसमा देशकै प्रतिष्ठित तथा सम्मानित स्रष्टाहरुको सहभागीता रहनेछ" उनले भने । यस कार्यक्रममा मौलिक कला संस्कृतिलाई आज सम्म बचाइराख्ने र चिनाइराख्ने विशिष्ट ब्यक्तिहरुलाई अभिनन्दन गरिनुका साथै लोकप्रिय गायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, टीका पुन ,सुरेश शाही, महेश कुमार औजी लगायत दर्जनौ कलाकारहरुका मौलिक सिर्जनाहरु कार्यक्रममा रहने उनले बताए ।
अध्यक्ष अबस्थीले समाजको उद्देश्य भनेको मौलिक कला कला संस्कृतिको संरक्षण र सम्बद्धन रहेकाले सो कार्यक्रममा प्रत्यक्ष नाचिने निकै प्रख्यात पुतला नाच , छलिया नाच , ठाडो नाच लगाएतका थुप्रै नाचहरु समेत प्रस्तुत गरिने बताए । यस्तै सो कार्यक्रमवाट भावी योजनाहरु पनि तय गरिने पनि उनले जानकारी दिए ।
सुदूरपश्चिम तथा कर्णालीको मौलिक गीत,संगीत, कला संस्कृतिको संरक्षण, संबद्धन र प्रबद्धन गरि डेउडा सँस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउदै सिंगो मौलिक सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकाले कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गराउन सम्पूर्णमा सहयोगको अपेक्षा रहेको अध्यक्ष अबस्थीले बताएका छन् ।