अत्तरिया - कैलालीमा एक महिलाको हत्या भउको आंशका गरिएको छ । जिल्लाको भजनी नगरपालिका–५ लालबोझीकी २४ वर्षीया संजीता चौधरी घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
माइत कैलालीको धनगढी उपमहानगरपालीका–१७ धुर्जुना गएकी संजीता मंगलबार घर फर्किने तयारीमा थिइन् ।मंगलबार साढे ९ बजे घर जान्छु भनेर निस्केकी थिइन् संजीता । माइती पक्षका अनुसार धनगढी बजारबाट १२ बजे बसमा चढेकी संजीता दुई बजे आफ्नो घर लालबोझी पुगेकी थिइन् ।
उनी सोहिदिन उनी मृत अवस्थामा फेला परेकी हुन् । संजीताका २६ वर्षीय सुवेत यादब श्रीमान् भने सोहिदिन ४÷५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केको माइती पक्षको भनाई छ । भारत जान तिकुनिया पुगेका यादब संजीता घर पुग्ने वित्तिकै झुण्डिएर देहत्याग गरेको खबर सुनेपछि घर फिर्ता भएका बताइएको छ ।
तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको थियो । माइती पक्षले संजीताको आत्महत्या हुन नसक्ने आशंका ब्यक्त गर्दै एका–एक मृत्यु हुनु हत्या भएको बताएका छन् ।
मृतक संजीताका मामा हरिनारायण चौधरीले माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गर्नु, झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा पुग्नुले मृत्यु हुने बिषय अपत्यारिलो भएको बताए ।
संजीताको मोबाइल समेत उनका श्रीमान सुवेत यादबसँग भेटिएको उनले बताए। यस्तै माइती पक्षको उपस्थिती बिना मृतकको शब टीकापुर अस्पतालमा पोष्टमार्टम समेत गरिनुले आत्महत्या नभएर हत्या भएकै उनले दाबी गरेका छन् ।
संजीताका श्रीमानले भने कमाउन भारत गइरहेको बेला घरमा यस्तो घटना भएपछि फर्केर आएको कुरा शंकास्पद रहेको माइती पक्षको भनाई छ । माइती पक्षले घटनाको सत्यतथ्य छानबिन नभएसम्म शव उठाउन नदिने बताएका छन् ।